गुरुङ समुदायहरुको साझा संस्था तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिती सुनसरीको चौथो अधिवेशन सम्पन्न भएको छ । प्रदेश १ माननीय सभामुख प्रदिप कुमार भन्डारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
छोज धि गुरुङ रास्ट्रीय परिशदका केन्द्रीय सचिव खम्वासिह गुरुङले कार्यक्रममा बोल्दै कार्यसमितिमा चयन भएकाहरुलाई सफल कार्य कालको शुभकामना दिनु भएको थियो ।
अधिवेसन बाट धिरज गुरुङको अध्यक्षतामा नया कार्यसमिती चयन भै उपाध्यक्षमा टंक कुमारी गुरुङ र दिब्य राज गुरुङ सचिवमा दिलिप गुरुङ , सगठन सचिवमा निरन्जन गुरुङ, प्रचार सचिवमा जानुका गुरुङ कोषाध्यक्षमा बिष्णुमाया गुरुङ सह-कोषाध्यक्षमा गंगामाया गुरुङ लगायत ९ ओटा इकाइहरु बाट ११ सदस्यीय सदस्य सहित समिती चयन भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथी तमु ह्युल छोज धि गुरुङ रास्ट्रीय परिशद केन्द्रीय सह-महासचिब डम्बर गुरुङ, अतिथी तमु ह्युल छोज धि गुरुङ रास्ट्रीय परिशदका केन्द्रीय सचिव खम्वासिह गुरुङ केन्द्रीय सदस्य सदस्य केशरमान गुरुङ , कणर् गुरुङ , तमु ह्युल छोज धि गुरुङ रास्ट्रीय परिषद पुर्व केन्द्रीय वरिस्ठ उपाध्यक्ष भद्रमान गुरुङ तथा तमु ह्युल छोज धि गुरुङ महिला रास्ट्रीय परिषदको केम्द्रीय उपाध्यक्ष शिला गुरुङ लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।


