सुन्दरहरैँचा , मोरङको सुन्दरहरैँचा नगरपालिकाका सम्पूणर् वडाहरूमा पञ्चवर्षीय योजनाहरू तयार पारिन थालेको छ । जस अन्तर्गत बुधबार वडा न ४ ले स्थानीय, राजनीतिज्ञ , पाटीका प्रतिनिधि , टोल विकासका अध्यक्षहरूको सहभागितामा आगामी दिनमा वडामा विकास गर्नुपर्ने विषयहरूमा छलफल हो ।
शिक्षा, स्वास्थ्य , कृषि भौतिक संरचना लगायतका क्षेत्रमा देखा परेको समस्या र तिनको समाधानका लागी आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा वडा अध्यक्ष र पाटीका प्रतिनिधिबीच उक्त छलफल गरिएको थियो । छलफल पश्चात समस्या र सहभागिताबाट आएका विचारकहरूलाई टिपोट गरी आगामी दिनमा वडालाई नमुना वडा बनाउँदै अगाडि बढ्ने वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताउनु भएको छ । साथै वडामा भएका शिक्षामा सुधार गर्नुपर्ने विषय , ढल निकासको सबैभन्दा बढि समस्या रहेको विषय र यि समस्यालाई वडाले पञ्चवर्षीय योजना भित्र राखेर समाधान गर्दै महत्वका साथ नमुना वडा बनाउन अगाडि बढेको समेत श्रेष्ठले बताउनु भएको छ ।
पञ्च वर्षीय योजना नेपाल सरकारले गर्दै आएयता पनि यो वर्षबाट वडाले नै पहिचान गर्दा समस्याहरू र ५ वर्ष सम्म शिक्षा स्वास्थ्य यातायात कृषि जस्ता कुरामा ५ वर्ष सम्म के गर्न सकिन्छ भनेर योजना तर्जुमा गर्दा समस्याको पहिचान गर्न सहज भएको सहभागीहरूले बताएका छन् । मंगली टोल विकास सस्था अध्यक्ष नारायण श्रेष्ठ भन्नुहुन्छ स्थानीय सरकार जसमा पनि वडा कार्यालय आएपछि धेरै समस्या समाधान भएका छन् हरेक क्षेत्रमा कालोपत्रे भएको छ । गरिब असहाय, अपाङ्गका क्षेत्रमा विभिन्न प्याकेजका कार्यक्रम ल्याएर आत्मनिर्भर बताने काम भएतापनि अझै केही रहेका समस्याहरू यसरी पहिचान गर्दा समस्या समाधान हुने उहाँको तर्क रहेको छ ।
गत वर्षहरूमा केन्द्र सरकारले नै गर्दै आएको पञ्च वर्षीय योजना तर्जुमा यस वर्ष बाट भने स्थानीय सरकारले नै गर्दा अबको वर्षहरूमा आफ्नो वडालाई कस्तो बनाउने भन्ने कुरा हाम्रै हातमा आएको सहभागीहरूले बताएका छन् ।


