इटहरी । नेपाल पत्रकार महासंघले बुधबार (आज) विविध कार्यक्रम गरी ६७ औं स्थापना दिवस मनाइरहेको छ।

स्थापना दिवसको अवसरमा इटहरीमा पनि बिहान प्रभातफेरी निकालिएको छ।

उक्त प्रभात फेरि कार्यक्रममा पत्रकार महासघं सुनसरीका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार हर्ष शुब्बा , नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य अमर खड्का , पत्रकार महासंघ प्रदेश १ का सचिव देबेन्द्र कार्की , पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई लागायतको उपस्थिती रहेको थियो ।

२०१२ साल चैत १६ गते कृष्णप्रसाद भट्टराई (नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री) सहितका अग्रजहरुले स्थापना गरेको संगठनले विभिन्न उतारचढाव पार गरेको ६६ वर्ष पूरा गरेको छ।