इटहरी ।  सुनसरीको रामधुनी–६ का वडा सचिव नन्द कुमार श्रेष्ठको मोटसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।

बुधबार(आज) विहान वडाकार्यालय जाने क्रममा रामधुनी–६ आदर्श टोल स्थित भित्रि सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा वडा सचिव श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

श्रेष्ठ सवार को २४ प ९४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटना भएको थियो । दुर्घटना हुनासाथ स्थानियले प्रहरीलाई खवर गरेका थिए ।

घाइते अवस्थामा भेटिएका सचिवलाई उपचारकालागी धरान स्थित घोपा क्याम लैजादै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।