धरान / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धरानद्वारा नगर निर्वाचन परिचालन समिति घोषणा गरेकाे छ । आसन्न स्थानीय निर्वाचनको लागी धरान १५ स्थित किरात याक्थुङ चुम्लुङको सभाहलमा एक समारोहको आयोजना गर्दै पार्टीको केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य किरण राईको संयोजकत्वमा ११ सय ९९ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरिएको हो । साथै, निर्वाचन परिचालन समितिसँगै विभिन्न उप–समिति समेत घोषणा गरिएको थियो । उक्त समितिमा नगर कमिटिका सबै पदाधिकारी तथा सदस्यहरु, २० वटै वडाका कमिटिका पदाधिकारी तथा सदस्यहरु र जबस नगर स्तरिय कमिटिका पदाधिकारी रहेका छन ।

समितिका सदस्य सचिव फोक्वाहाङ चोत्लुङले सञ्चालन गरेको उक्त कार्यक्रम केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य किरण राईले अध्यक्षताको सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका प्रदेश १ सचिवालय सदस्य मुक्सामहाङ मेन्याङ्बो मुकेश, आइन्द्र विक्रम बेघा लगायतका प्रदेश १ सदस्य तथा जिल्ला समन्वय समितिका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई पार्टीका नगर अध्यक्ष तथा धरान १७ नम्बर वडाध्यक्ष सूर्य बहादुर भट्टराईले धरानको विकाशको लागी र समृद्ध धरानको लागी माओवादी पार्टीले आफ्नो भिजन सहितको खाका तयार गरेको बताए । धरानको समसामयिक विषयलाई उठान गर्नको निम्ति धराने जनताको विकल्पको रुपमा माओवादी पार्टी रहेको बताए । उनले धराने जनताको विकल्पको रुपमा रहेको माओवादी पार्टी निर्वाचनमा एमाले र कांग्रेस सँग प्रतिस्पर्धा गर्न सक्ने भट्टराईले दावि गरे ।

यसै अवसरका माओवादी केन्द्रले ज्येष्ठ कम्युनिष्ट मञ्चलाई सम्मान र नगर सल्लाहकार समिति पनि तय गरेको छ । निर्वाचन परिचालन समिति घोषणाको अवसरमा धरानका अग्रज तथा ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरेको हो । कार्यक्रमलाई किराती राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष अशोक राई, प्रदेश सचिवालय सदस्य आइन्द्र विक्रम बेघा, अधिवेशन निर्वाचन समितिका प्रदेश १ प्रमुख राजेन्द्र किराती, प्रदेश सचिवालय सदस्य मुक्सामहाङ मेन्याङ्बो मुकेश र निर्वाचन परिचालन समिति संयोजक किरण राईले सम्बोधन गरेका थिए ।