इटहरी । ६५औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्थाले ९५ वर्षिय इन्द्रप्रसाद कोइराला सहित ६१ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ ।

 राष्ट्रिय सहकारी दिवसको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको महिला बचत तथा ऋण सहकारीले यस पटक आफना जेष्ठ सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम अनुसार इटहरीका ३७ र पकली शाखाका २४ जना गरी कुल ६१ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको हो ।

महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षता तथा जनता बहुमुखी क्याम्पसकी प्रमुख प्रा.डा.गिता अधिकारीको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा सम्मानित हुने जेष्ठ सदस्यहरुलाई छाता र प्रमाण पत्रले सम्मान गरिएको सहकारीकी निमित्त कार्यकारी अधिकृत जुनुशा पुरीले जानकारी दिइन  ।  

अधिकांस महिला सदस्य रहेको महिला बचत तथा ऋण सहकारी प्रदेश नम्बर १मै नाम चलेको सहकारी संस्था मध्येमा पर्दछ ।