पछिल्लो राजनितिक परिवर्तनले स्थापना गरेको स्थानिय तहको दास्रो निर्वाचन आगामी बैसाख ३० गते हुने भएको छ । जसका लागी बिभिन्न क्षेत्रबाट पाटिगत तथा स्वतन्त्रबाट बिभिन्न पदका लागी उमेद्धारी दिनेको संया पनि उत्तिकै रहेको छ । यसै गरी इटहरी उपमहानगरको मेयर पदका लागी इटहरीका पदम अधिकारीले स्वतन्त्र पदको उमेद्धारी दिने घोषणा गरेका छन् । स्थानिय तहको चुनावका लागी आफ्नो सकृयता देखाउदै अधिकारीले पत्रकार सम्मेलन मार्फत उमेद्धारी दिने घोषण गरेका हुन । स्थानिय स्तरमा पाटिका प्रतिनिधिले सोचे अनुसारको काम नगरेको भन्दै अधिकारी आफु मेयरको पदमा आउने भएको हुन । उनले पत्रकार सम्मेलनमा बोल्दै स्थानिय स्तरमा आफुले चुनाव जितेमा नागरीकको चाहाना अनुसार काम गर्ने समेत बताएका छन् । उनले इटहरीमा निर्वाचित भएका मेयर वा उप मेयरले ५ वर्षै कार्यकालमा कुनै पनि जनताले जाहेको काम नगरेको र अवको चुनावमा जनताले सोचेर सक्षम ब्यत्तिलाई मात्र जिताउन पनि अधिकारीले अनुरोध गरेका छन् ।


