इटहरी । भाषा साहित्य कला क्षेत्रको विकास र विस्तारमा जोड दिदै सुनसरीको इटहरीमा दुई दिने इटहरी सृजना उत्सव २०७८ सुरु भएको छ ।

   इटहरी भाषा साहित्य कला सृजना परिषदको आयोजना र इटहरी उपमहानगरपालिकाको संयोजनमा इटहरी सृजना उत्सव सुरु भएको हो ।IMG_0019

    साहित्यका विभिन्न विद्याको प्रस्तुति सहित कलाकृतिहरु प्रर्दशनीमा राखिएको इटहरी सृजना उत्सवको आयोजक संस्थाका अध्यक्ष कृष्णविनोद लम्सालको अध्यक्षता तथा भाषा शास्त्री प्रा.डा. टंक न्यौपानेको प्रमुख आतिथ्य रहेको छ ।IMG_0043

कार्यक्रममा पुर्व क्षेत्रका साहित्यकार ,कलाकार ,चित्रकार, रगंकर्मी लगायतको उपस्थिती रहेको छ ।

  इटहरी सृजना उत्सव उदघाटन कार्यक्रममा बोल्दै इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले साहित्य कला रIMG_0032

संस्कृतिको जर्गेनाका लागि उपमहानगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यस प्रकारका उत्सवहरु सञ्चालनका लागि सहयोग गर्ने विश्वास व्यक्त गरिन । सो अवसरमा कविता ,गित साथै गजलहरु प्रस्तुत गरिदै आएको छ ।