इटहरी । २०७३ सालमा इटहरी ४ स्थित बगैँचा टोलविकास संस्थाको अध्यक्ष बन्दै गर्दा सुनिल कार्की मात्र २१ वर्षका थिए । उनी इटहरीको इतिहासमै सबैभन्दा कान्छा अध्यक्ष हुन्, टोलविकास संस्थाको । खासगरी उमेर खाएका पाका मानिसहरु अध्यक्ष बन्ने परिपाटी चिर्दै गर्दा धेरैले सुरुमा त पत्याएनन् ।
130731174_3595294913850197_2875113720039269762_n
तर उनले गरेर देखाए । उनले आफु अध्यक्ष बनेको एक वर्षभित्र टोलविकासलाई जग्गा दिने दाता खोजेर टोलविकास संस्थाको नाममा जग्गा पास गरे अनि सुविधा सम्पन्न अढाई तले भवन निर्माण कार्य सम्पन्न गरे । भवन शिलान्यास गर्दै गर्दा टोलविकास संस्थाको खातामा जम्मा २० हजार रुपैया रहेको कार्की सम्झन्छन् । अहिले खातामा ८–९ लाख रुपैया बचत छ । बगैँचा टोल विकास संस्थाले नगरपालिकालाई कोभिडमा ५८ हजार र बाढी पिडितको लागि भनेर २७ हजार रुपैँया सहयोग समेत गरेको थियो । भवन बनाउने मात्र होइन, टोलविकासको लागि सरोकारवाला निकायसँग बजेटको लागि पहल गर्ने, टोलवासीलाई परेका साना तिना समस्याहरु समाधान गरिदिने कामहरु पनि उनले गरे ।
277168219_5039421942770813_359217064733416197_n274718059_4947456531967355_7977572963148764583_n
 
पछि स्थानीय तहको निर्वाचनपछि त झन् उनको सक्रियता वडास्तरमा फैलियो । वडा कार्यालयमा वडाध्यक्ष चन्द्र भट्टराईलाई सहयोग गर्दां गर्दै उनले धेरै वडावासीमा आफ्नो प्रभाव पार्न सफल भए । वडा कार्यालय पुग्ने वडावासीले वडाध्यक्षभन्दा कार्कीसँग बढी सहयोग लिन्थे । वडावासीको काम उनले निःस्वार्थ गरिदिन्थे । व्यापार व्यवशाय गर्ने र पैसा कमाएर मोजमस्तीको जीवन बाँच्ने युवा उमेरमै समाजको लागि उनले गरेको योगदानको सबैले प्रसंसा गरे ।

टोलविकासबाट सुरु भएको उनको सामाजिक सक्रियता अहिले वडास्तरमा फैलिएको छ । उनकै पहल र चासोमा केही समयअघि टेंग्रा खोलामा बोटिङ गरिएको थियो । हेर्दा वडा कार्यालयको सक्रियता देखिएपनि खास संयोजन र सक्रियता कार्कीको थियो । त्यसका साथै वडाले गर्ने विभिन्न कार्यक्रमहरुमा उनको सक्रियता र सहभागिता जनप्रतिनिधिहरुको भन्दा बढी हुने गथ्र्यो । वडा कार्यालय र वडाको पार्टी कमिटिका कामहरु कार्कीले निःस्वार्थ रुपमा जिम्मेवारी बहन गर्ने गरेका छन् ।
272622819_4849904448389231_1949047438681331533_n 1

कार्कीकी आमा शोभा कार्की २०५४ सालमै वडा सदस्य बनेकी थिइन् । आमाको राजनीतिक सक्रियताको प्रभाव सुनिलमा परेको हो । उनले टोलविकास संस्थाको सहसचिवबाट सुरु गरेको सामाजिक यात्राले अहिले नेकपा एमाले वडा नं. ४ को वडाध्यक्षको जिम्मेवारी दिलाएको छ । उनी राजनीतिमा सक्रिय मात्र छैनन्, राजनीतिशास्त्र अध्ययन पनि गर्दैछन् । धरानको महेन्द्र मल्टिपल क्याम्पसबाट स्नातकोत्तर गर्दैछन् ।

राजनीतिमा सक्रिय बनेका कार्की अब राजनीतिबाटै जनप्रतिनिधि बनेर वडा तथा नगरवासीको सेवा गर्ने इच्छा राख्छन् । स्थानीय तहको चुनाव गर्दै गर्दा धेरैले उनलाई वडाको नेतृत्वमा आउनुपर्ने दबाबसमेत दिइरहेका छन् । ‘वडाध्यक्ष बन्नुपर्छ भनेर धेरै तिरबाट कुराहरु आइरहेको छ,’ उनले उमेरको कारण पनि  आफूमा जोँस जाँगर रहेको बताउँदै भने, ‘म उत्साहित छु, परि आएको खण्डमा जस्तोसुकै जिम्मेवारी पुरा गर्ने ममा आँट छ ।’


उनले एमालेबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने इच्छा देखाएका छन् । पार्टीले छनोट गरेको खण्डमा उनी वडाध्यक्षका कान्छा उम्मेदवार बन्नेछन् । उनले वडामा आएका विकास बजेटहरु उचित रुपमा खर्च गर्ने, नयाँ योजना र दीर्घकालिन भिजन बोक्नुपर्ने अनि सबै वडावासीलाई एकजुट बनाउनुपर्ने आवश्यकता देख्छन् । ‘त्यसो गरियो भने पाँच वर्षमा नमुना वडा बन्न सक्छ,’ उनी भन्छन्, ‘वडावासीको घरघरदेखि दातृ संस्था निकायसम्म समन्वय गर्ने हो भने वडालाई हामीले नगरको विकासभन्दा छिटो गतिमा अघि लान सक्छौं ।’