झापा / झापाको बिर्तामोड नगरपालिका-२ रामचोक स्थित पूर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बेलुका सवा ८ बजे पश्चिम बाट पूर्व तर्फ आउँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरीत दिशा तर्फ जाँदै गरेको बा. १५ प ८२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा २९ वर्षीय सम्यम बजगाईँको मृत्यु भएको हो ।घाइते भएका मोटरसाइकल चालक बिर्तामोड-२ का बजगाईँको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जानकारी दिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।