धरान / नेपाल तरुण दल धरान उपमहानगर समितिले आगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको चुनावलाई लक्षित गरि यूवा तथा तरुण निर्वाचन मूल परिचालन समिति गठन गरिएको छ ।

यूवा तथा तरुण निर्वाचन मूल परिचालन समितिमा संयोजक हिमाल श्रेष्ठ, सहसंयोजकमा नरसिंह राई, एकराज शंकर र रामकुमार तामाङ, सदस्य सचिव मनोहर श्रेष्ठ, सह सचिव प्रज्वल श्रेष्ठ रहेका छन् । यूवा तथा तरुण मूल परिचालन समितिले २०५ सदस्य गठन गर्नुका साथै वडा नं. १ देखि २० वडा सम्मै यूवा तथा तरुण निर्वाचन परिचालन समितिको संयोजक समेत तोकिएको संयोजक हिमाल श्रेष्ठले बताए ।