received_1021608205441127देश विरामी भएर राजनितिमा आएको होः डा. खगेन्द्र ओली 

इटहरी , लामो समय सम्म डाक्टर भएर बिरामीको सेवा गर्दै अाएका डा खगेन्द्र ओली अव भने राजनितिबाट देशको उपचार गर्ने उदेश्यले इटहरी उपमहानगरपालिका वडा न ४ मा आउने भएका छन् । नेकपा एकिकृत समाजवादी पार्टीले इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को नेतृत्वका लागि डा.खगेन्द्र ओली सहित ४ जनाको नाम सिफारिस गरेपछि यतिबेला युवा वर्गको रोजाइमा परेका डा खगेन्द्र वली चर्चामा रहेका छन् । स्थानीय तहको चुनाव नजिकिँदै जाँदा पार्टीले वडा नम्बर ४ का लागि पार्टीका वडा नम्बर ४ अध्यक्षका लागी    होमियोप्याथी बिधाको चर्चित युबा डाक्टर तथा    एकिकृत समाज बादि पाटिका प्रदेश कमिटी सदस्य  डाक्टर खगेन्द्र ओली, झलक वन, इटहरी सह इन्चार्ज रमेश खत्री, र मनकुमारी राईको नाम सिफारिस गरेको हो । गठबन्धन हुने हुँदा कुन वडा कसको भागमा पर्ने भन्ने टुँगो लागिनसकेको भएता पनि पार्टीले हरेक वडाबाट आफ्नो सम्भावित उम्मेद्धवारहरुको नाम सिफारिस गरिसकेको छन् । इटहरी वडा नम्बर ४ को लागि पार्टीबाट सिफारिस भएका डाक्टर खगेन्द्र ओलीले आफु चुनाव पछी नेतृत्वमा आएमा मुटु रोग,किड्नी रोग र क्यान्सर रोग को स्कृनिङ टेस्ट गरि बेलैमा पहिचान गरेर यो रोग बाट एक जना पनि वोडा बासी लाई मृत्यु हुन नदिने उनकाे लक्ष्य रहेकाे छ ।नसर्ने रोग लाई निर्मुल गरेर वडामा मृत्यु दर घटाउने   उनकाे लक्ष्य रहकाे छ भने  ।  उनले गरिव समुदायमा निशुल्क इन्सुरेन्स , बाढि समाधान , वडामा रहेका कुलतको लतमा फसकाहरुलाई त्यसबाट बाहिर ल्याएर रोजगारीमा लगाउने , वडामा खुल्ला जिमको व्यबस्था गर्ने , सिपमुदक तालिम दिएर दक्ष बनाउने , हरेका वर्ष वडामा रहेका ५ जनालाई निशुल्क प्राबिधिक शिक्षाको व्यबस्था गरेर रोजगारी प्रदान गर्ने , बैदेशिक रोजगारीमा जानेका लागी विशुल्क तालिकको व्यबस्था गर्ने , नागरीक स्तरबाट उत्पादित कृषिजन्य सामान वडाले खरिद गर्ने , कृषि औजारहरु परिचालन गरेर कृषिलाई उत्पादन मुखि बनाउने जस्ता कुरालाई कायान्वयनमा ल्याउने डा ओलीले बताएका छन् । अहिले बहुसंख्यक नेपालीको मृत्युको कारण यीनै तीनवटा रोग भएकाले किड्नी, मुटु र क्यान्सर रोगलाई परास्त गर्न आफु सक्षम हुने ओलीको भनाई छ । देशमा युवा वर्गको खाचो भएका कारण पनि आफु नेतृत्वमा आउने बताएका छन् । 

received_1029792251228725देशकै नमुना वडाका रुपमा विकास गरेर अगाडि बढ्ने ः रमेश खत्री

त्यस्तै यता इटहरीमै रहेका सामाजिक क्षेत्रमा अग्रसर रमेश खत्रीले पनि इटहरी ४ नम्बर वडालाई देशकै नमुना वडाका रुपमा विकास गरेर अगाडि बढ्ने बताएका छन् । स्थानिय सरकारको ५ वर्षै कार्यकालको समिक्षा गर्दा उदाहरण योग्य काम नगरेको र खाली भौतिक संरचना र दलिय स्वार्थका कारण वडामा वडा बासिले चाहेको कुरा नभएको बताउदै खत्रिले अवको समयमा वडा बासिको वर्षै देखिको अधुरा रहेका कामहरु समयमै समाधान गर्ने बताएका छन् । शिक्षा स्वास्थ्य र सुकुम्बासीका समस्याहरु चुनावमा भोट माग्न मात्र सिमित रहेको अवस्थामा यो समस्था दिर्घ कालिन रुपमै समाधान गर्ने खत्रीले जानकारी दिनुभएको छ । 

received_539444577532451विदेशमा  सिकेका सिपहरुलाई आफ्नै वडामा परिचालन गन ः झलक वन

राजनितिक परिवर्तन अवको आवश्यक्ता भएका कारण पनि कुनै स्वार्थ र दलिय लोभका आधारमा आफुलाई केन्द्रित नगरी जनताको हक हितमा आफु लागी पर्ने झलक वनले बताएका छन् । इटहरी ४ मा बोलिले भन्दा पनि कामले वडाको मुहार फेरीने उनको भनाइ रहेको छ । १८ वर्ष सम्म विदेशमा  सिकेका सिपहरुलाई आफ्नै वडामा परिचालन गर्ने र वडालाई हरेक कुरामा आत्मा निर्भर बनाउने उनको लक्ष रहेको छ । खोला दहन , गैर कानुनी रुपमा भएका उत्खनन र नालालाई ब्यबस्थित गर्ने पनि उनको लक्ष्य रहेको छ । राजनितिलाई फोहोरी खेल भन्नेहरुका लागी पनि एक उदाहरण योग्य राजनितिज्ञ भएर अगाडि बड्ने उनको भनाइ रहेको छ । 

वडा वासिको समस्या समाधानमा आफ्नो समय सुम्पिनेः मनकुमारी राइ

कतिपय अवस्थामा वडामा भएका कामहरु जनप्रतिनिधिकै कारण ढिला हुने गरेको र यो समस्या आफु नेतृत्वमा आएमा अन्त्य हुने उनको भनाई रहेको छ । वडामा भएका शिक्षा स्वास्थ्य यातायात जस्ता कुरामा स्थानिय सरकार चुकेका कारण अव त्यो गल्ती नदोहोरीने उनको भनाई रहेको छ । चुनावमा भोट माग्न मात्र नभएर वडाको मुहार फेर्न आफु राजनितिमा आएको राईको भनाइ छ ।