लेटाङ । अखिल नेपाल महिला संघ लेटाङ नगरपालिकाको प्रथम अधिवेशनले मनकुमारी राईको अध्यक्षतामा ६३ सदस्यीय नगर कमिटी गठन गरेको छ । आज नेकपा एमाले स्थायी कमिटी सदस्य, पूर्वमन्त्री तथा पूर्वउपसभामुख डा. शिवमाया तुम्वाहाम्फेको प्रमुख आतिथ्यतामा लेटाङस्थित जनसेवा सामुदायीक भवनको कार्यालय परिसरमा भएको अधिवेशनले नयाँ कमिटी गठन गरेको हो ।नवनिर्वाचित कमिटीको उपाध्यक्षमा गंगा राई, सचिवमा तारा गुरागाईं निरौला, उपसचिवमा गोमा ढकाल र कोषाध्यक्षमा चम्पा मगरलाई चयन हुनु भएको छ । हाल लेटाङ नगर उपप्रमुख समेत रहनु भएकी कृष्णकुमारी निरौलाको संयोजकत्वमा रहेको नगर कमिटी विगठन गरि अधिवेशनबाट नयाँ कमिटी गठन गरिएको हो । उपप्रमुख निरौला भने यसअघि नै अखिल नेपाल महिला संघको प्रदेश कमिटी सदस्य बन्नु भएको छ कार्यक्रममा प्रमुख अतिथी डा. शिवमाया तुम्वाहाम्फे रहनु भएकोमा, प्रदेश कमिटी सदस्य भूपेन्द्रकुमार लावती, जिल्ला कमिटी उपाध्यक्ष रुपेश खतिवडा, अखिल नेपाल महिला संघ मोरङ जिल्ला कमिटी अध्यक्ष टीका भट्टराई, नेकपा एमाले जिल्ला कमिटी सदस्य डिल्ली विश्वकर्मा, नन्दलाल धिमाल, लोकबहादुर सुवेदी, नेकपा एमाले नगर कमिटी अध्यक्ष कृष्ण लुइँटेल लगायत नेकपा एमालेका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।स्थानीय तह निर्वाचन नजिकिंदै गरेकोबेलामा भएको अधिवेशनमा
बाक्लो संख्यामा महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ५ सय बढीको सहभागिता रहेको जनाइएको छ । विगठीत नगर कमिटी संयोजक कृष्णकुमारी निरौलाको अध्यक्षतामा भएको अधिवशेनको उद्घाटन समारोह अनेम संघको विगठीत नगर कमिटीकी सदस्य तथा पार्टीको नगर उपसचिव पुनम मास्की मगरले सञ्चालन गर्न भएको थियो । अधिवेशनको अवसरमा पार्टीमा योगदान दिनुहुने महिलाहरुलाई सम्मान समेत गरिएको थियो ।


