इटहरी / स्थानीय सरकार आएपछि जनतामा एउटा आशा थियो, विकासको लहर आँउछ अनि वरपर सबै तिर विकास हुन्छ । तर सबै जनताको यो आशा पुरा भएन् , इटहरीका जनताको भने यो आशा केही हद सम्म पुरा भएको छ । इटहरीले जनप्रतिनिधि आएको ५ बर्षमा बिकास उल्लेख्य कामभएका छन् । स्थानीय सरकारमा मेयर द्धारीकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा इटहरी विकासको गतिमा अगाडि बढि रहेको छ ।२०७४ सालमा स्थानिय तहको निर्वाचन पछि इटरीमा करिव २ सय किलोमिटर सडक कालोपत्रे गरिएको छ । यसको मुख्य श्रेय स्थानीय सरकारलाई नै जान्छ । २०७४ साल असार १४ गते सम्पन्न भएको इटहरी उपमहानगरपालिकाको पहिलो निर्वाचनबाट निर्वाचित भइ २०७४ साल श्रावण १ गतेबाट जिम्मेवारी सम्हाले यता भौतिक संरचना र पूर्वाधार निमार्णका क्षेत्रमा उल्लेखनिय कामहरु भएका छन् । 

इटहरीलाई गाउँसँग सहर जोड्ने मुख्य उदेश्यका साथ इटहरी क्षेत्रमा मात्र होइन सुनसरी जिल्लाका इटहरी सँग जोडिएका ३ वटै नगरपालिकासँग कालोपत्रे सडक सञ्जालले जोड्ने सफलता इटहरीले पाएको छ । एक वडा भन्दा बढि  वडा जोडिने र छिमेकी पालिका जोड्ने ठूला योजनाबाहेक प्रत्यक वडामा भित्रि शाखा सडकहरूमा समेत पक्की सडक निमार्ण गरिएको छ । इटहरी उपमहानगर भित्र गाउँलाई सहरसँग जोड्नका लागी २०० सय किलोमिटर सहक कालो पत्रे भएको छ भने ७०० किलोमिटर सडक स्तरोन्नति र ५०० किलोमिटर ड्रेन प्रोक्सन वालहरु निमार्ण भएका छन् । यसरी भएको पूर्वाधार निमार्ण सहकमा मात्र होइन , इटहरीमा निर्वाचित स्थानीय सरकारले इटहरीका प्रत्यक वडामा आधुनिक स्वास्थ्य चौकि भवनको निमार्ण गरि सेवा प्रवाहको कामलाई समेत अगाडि बढाएको छ । 

इटहरी क्षेत्रमा रणनीतिक महत्वका ३ ठूला पुल निमार्ण कार्य सम्पन्न भएका छन् भने २ वटा ठूला पुल निमार्ण धिन अवस्थामा छन् र १०३ वटा कलर्भट निमार्ण गरिसकिएको छ । विभिन्न वडामा आफ्नै वडा कार्यालयबाट सेवा संचालन गर्ने उद्देश्यले ६ वटा वडा कार्यालय भवन सम्पन्न भइ सेवा सुचारु भइसकेका छन् भने ३ वटा वडा कार्यालय भवनहरू निर्माणधीन रहेका छन् । कृषि क्षेत्रको विकासका लागी करिव १६ करोडको लागतमा आधसनिक कृषिबजार शीत भण्डार सहितको निमार्ण कार्य सुरु गरेको छ । 

यसरी इटहरीको गौरवको योजना अन्तर्गत इटहरी पूर्वाधारको विकास तथा विस्तारका क्रममा करिव सत्र करोडको लागतमा वडा न १० मा बहुजातिय संग्रहालय निमार्णधिन छ भने इटहरी ९ मा ५ करोड ५५ लाखमा स्विमिङ पुल सहितको जनता पार्कको काम पनि सुरुवात भएको छ । 


आफ्नै वडाकार्यालय भवन निमार्ण

इटहरीमा निमार्ण भएका वडा कार्यालयहरूले आफ्नै वडाबाट सेवा सुविधा दिदा कार्य सम्पादनमा पनि निकै सहजभएको इटहरी वडा न २ का अध्यक्ष हर्क बहादुर मगरले बताएका छन् । आफ्नै वडा कार्यालयको भवन नहुदाँ बार्षिक लार्खौ रकम भाडामा जाने र सोचे अनुसारको सेवाग्राहिलाई सेवा दिन समेत समस्या हुने हुदाँ अव भने सेवा प्रवाहमा सहज भएको बताएका छन् । इटहरी वडा २ मा मात्र भौतिक संरचनाका निमार्णमा मन्दिर , पर्यटकिय क्षेत्रमा पनि उल्लेखनिय काम गरको बताउनु भएको छ । विभिन्न वडामा आफ्नै वडा कार्यालयबाट सेवा संचालन गर्ने उद्देश्यले ६ वटा वडा कार्यालय भवन सम्पन्न भइ सेवा सुचारु भइसकेका छन् भने ३ वटा वडा कार्यालय भवनहरू निर्माणधीन रहेका छन् । सम्पन्न वडा कार्यालयहरुबाट सेवा प्रदान गर्दा घटौ सम्म लाइन बसेर एकै ठाउबाट एक वा एक भन्दा बढि सेवा दिदा सर्वसाधरणलाई पनि असहज भएको र कार्य सम्पादनमै समस्या भएका कारण यसरी आफ्नै भवनबाट सेवा दिदा सहज भएको वडा अध्यक्षहरुले बताएका छन् । 


सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र भवन

इटहरी उपमहानगर क्षेत्रका २० वटा वडामा नै आधारभूत स्वास्थ्य पँहुच पुर्याउने उद्देश्यले आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ ।  आधारभूत स्वास्थ्य सेवा पु¥याउन यसअघि सरकारी स्वास्थ्य संस्थानभएका १४ वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण गरिएको हो ।

प्रत्येक स्वास्थ्य इकाईमा एक जना हेल्थ असिस्टेण्ट, एक जना नर्स र एक जना कार्यालय सहयोगीको ब्यवस्था पनि गरिएको छ ।

इटहरी उपमहानगरले नगर भित्र दुई दिनमै छ वटा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गरिएको छ । फाल्गुन १३, २०७८ का दिन वडा नम्वर १८, १९ र २० मानव निर्मित स्वास्थ्य इकाई भवनको उद्घाटन भएको हो । त्यसैगरी इटहरी १०, ११ र १३ का आधारभूत स्वास्थ्य केन्द्र भवनको पनि एकै दिन उद्घाटन गरिएको थियो । स्थानिय तह निर्वाचित हुदाँ १२ जना कर्मचारीबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको इटहरी प्रथमिक स्वास्थ्य केन्द्र हाल ६ जना चिकित्सकको सेवा सहित २४ घण्टै सेवा प्रदान गरि अस्पतालमा स्तरन्नोती भएको छ । १५ सैयाको कुल १८ करोड ६८ लाख २ हजार लागतमा अस्पताल निर्माणधीन अवस्थामा रहेको छ भने २ वटा एम्बुलेन्स ले सेवा प्रदान गरिरहेको छ । 

उपमहानगरका प्रमुख द्धारिकालालचौधरीले उद्घाटन गरे सँगै इटहरीका सवै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा पँहुच पुगेको छ । आधारभूत सेवा लिन गाँउका जेष्ठ नागरिक, महिला, बालबालिका लगायतले टाढा जान नपर्ने भएको हो । 


के भन्छन् स्थानीय ?

स्थानिय कमल राज रेग्मीका अनुसार स्थानिय सकारका आएपछि अधुरा पुर्वाधारका कामहरुले तिब्रतापाएको बताएका छन् । स्थानीय सरकार नहुदाँ बाटो निमार्ण हुने तर त्यको गुणस्तर भने शुन्यमात्रामा हुने हुदाँ निमाण गरिएको केही दिनमै भत्किने गरेका थिए तर हाल बाटो पुलपुलेसा स्वास्थ्य चौकि आदि गुणस्तरीय रुपमा निमार्ण भएको बताएका छन् । स्थानीय सरकारको काममा पुर्ण रुपमा त नभएर ८० प्रतिशत कामहरु गुणस्तरीय र प्रभावकारी रुपमा सम्पन्न भएको बताएका छन् । वर्षौं देखि नबनेको बाटो जनप्रतिनिधि आए लगत्तै बन्न थालेपछि स्थानीयवासी निकै खुशी भए । इटहरी वडा न ९ का स्थानिय समिर पोखरेलका अनुसार स्थानिय तहको ५ वर्षे समिक्षा जनताले गर्दा सफलता साथ नै सम्पन्न हुन आटेको बताएका छन् इटहरीको प्रमुख समस्या भनेको इटहरीको खोला  र तटबन्धन हो जसमा पनि स्थानीय सरकारले काम भने नगरेको होइन तर पनि काम गर्दा गर्दै पनि केहि ठाउमा अझैपनि गुणस्तरीय रुपमा खोला थुनछेक तथा तटबन्धको काम हुन सकेको छैन जसका लागी स्थानीय सरकारले आउने कार्यकालमा पुरा गरेमा इटहरीका समस्या समाधान हुने बताएका छन् । 


के भन्छन् जनप्रतिनिधि ?

इटहरीको विकासमा लामो समय सम्म स्थानीय सरकार नभएको अवस्थामा करिव २० वर्ष पछि आएको स्थानीय सरकारले इटहरीको गौरवका रुपमा उल्लेख्खनिय काम गरेको इटहरीकी उम मेयर लक्ष्मी गौतमले बताएकी छन् । उनले इटहरीमा कोहि कसैले पनि शिक्षा स्वास्थ्य यातायात जस्ता विकासका पुर्वाधारबाट बन्चित नहुन भनेर जनताको हक हितमा काम गरको बताएकी छन् । इटहरी उपमहानगरले ग्रामिण कनेक्टिभिटि मार्फत् गाउँ गाउँका मुल सडकहरुलाई मुख्य सडकसम्म विस्तार मात्रै होइन, कालोपत्रे पनि गरेको छ । यस्तै इटहरी उपमहानगरले वडामा नै आधारभूत स्वास्थ्य उपचारका लागि आधारभूत स्वास्थ्य चौकीको सिलन्यास र निर्माणलाई पनि तिव्रता दिइरहेको छ । यसरी इटहरीमा विकास नभएको भनि भ्रम फैलाइएको इटहरीकी उपप्रमुख लक्ष्मी गौतम बताउँछिन् । ‘यो जनप्रतिनिधिले काम गरेनन् भनेर भ्रम फिँजाइएको थियो । अहिले हामीले गरेको कामको नतिजा देखिदै गएको छ । बास्तवमा अहिले, इमन्दारीतापूर्वक काम गरेका रैछन् जनप्रतिनिधिले भनेर जनताले अनुभुति गरेका छन्’, उप–प्रमुख गौतमले भनिन् ।

सुरुवाति आप्ठ्यारमा पनि उपमहानगरले इमान्दारीता पुर्वक काम गरेको गौतमको दावि छ । ‘ हामी सुरुका वर्षदेखि नै इमान्दारीतापूर्वका काम गरिहेका थियौँ । सुरुमा हाम्रा केहि अप्ठ्याराहरु, केहि असजिलाहरु थिए । पहिलो कुरा त, हामी निर्वाचित भएर कार्यालय जाँदा एक समय जना पनि कर्मचारीहरु थिएनन् । कर्मचारीको अभावका कारण हामीले नगरसभाबाट विनियोजन गरेको बजेटलाई खर्च गर्न कार्यान्वयन गर्ने कुरामा केहि चुनौती थिए । कर्मचारी समायोजनपछि हामीले नगरमा ढुक्कले काम गर्न थालेका छौ ’, गौतमले भनिन् । जनप्रतिनिधिको यो कार्याकाल पूर्णरुपले पूर्वधार निर्माणको सुनौलो कार्याकालको रुपमा अंकित गर्दौ विदा हुने तयारीमा आफूहरु रहेको गौतमको भनाइ छ ।