अनेरास्ववियु सुनसरी अध्यक्षमा नवराज खड्का,सहित ५१ सदस्यीय जिल्ला कमिटी गठन

alt

    सुनसरी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी  युनियन अनेरास्ववियु सुनसरी जिल्लाको २२ औँ जिल्ला सम्मेलन बिहीबार सम्पन्न भएको छ। सम्मेलनले नवराज खड्कालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ भने उपाध्यक्षमा सुजन खत्री र रमेश श्रेष्ठ निर्वाचित भएका छन्। सचिवमा नरेन्द्र ढुङ्गेल, सह-सचिव शेखर रेग्मी, उज्ज्वल सिग्देल, प्रतीक खतिवडा, दिपा च्याम्जों र कोषाध्यक्षमा अदित श्री अधिकारी निर्वाचित भएका छन् ।
    सम्मेलनले पदाधिकारीसहित ५१ सदस्यीय जिल्ला कमिटी गठन भएको सुनसरी जिल्ला कमिटी इन्चार्ज जीवी गजलले जानकारी दिए।
    उक्त सम्मेलनको प्रमुख आतिथ्य अनेरास्ववियु केन्द्रीय कमिटी अध्यक्ष सुनिता बरालले गरेकी थिइन। प्रमुख अतिथि बरालले कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु अरू सङ्गठन भन्दा फरक रहेको र अनेरास्ववियु समग्र विद्यार्थीहरूको हक हितका पक्षमा मियो बन्नुपर्ने कुरामा जोड दिइन् । 
    कार्यक्रममा अनेरास्ववियुका निवर्तमान अध्यक्ष रोशन रेग्मी, इन्चार्ज  अन्जु पाण्डे, केन्द्रीय उपमहासचिव भास्कर खनाल, केन्द्रीय उपाध्यक्ष लोकेश निरौलाले कार्यक्रमलाई सम्बोधन गरेका थिए।
    बराहक्षेत्र र बेलकाको सहकार्यमा श्रीलङ्का टापुमा कोशी कटान रोक्ने प्रयास तीव्र बराहक्षेत्र र बेलकाको सहकार्यमा श्रीलङ्का टापुमा कोशी कटान रोक्ने प्रयास तीव्र

    इटहरी । सप्तकोशी नदीले श्रीलङ्का टापु क्षेत्रमा तीव्र कटान सुरु गरेपछि स्था ...

    झापामा धान रोपाइँ अन्तिम चरणमा,९४ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न, दमक र कन्काईमा सबैभन्दा धेरै झापामा धान रोपाइँ अन्तिम चरणमा,९४ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न, दमक र कन्काईमा सबैभन्दा धेरै

    इटहरी। झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । कृषि ज्ञान केन्द ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]