झापाको बाह्रदशी ३ चारपाने राजगढ सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।

हिजो राति साँढे ११ बजे प्रदेश २-०३-१९ प १८६४ नम्बरको  मोटरसाईकल अनियन्त्रित भई बिजुलिको पोलमा ठोक्किई दुर्घटना हुदा घाईते भएका मोटरसाईकल चालक बाह्रदशी-२ का १९ बर्षीय दिपेश बिष्टको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती नै  मृत्यु भएको प्रहरीले जनाएकाे छ ।