सुन्दरहरैंचा नगरपालिकामा यतिबेला स्थानीय चुनाब नजिकै गर्दा नेपाली कांग्रेस भित्रको आन्तरिक गुटबन्दीमाका कारण नगर प्रमुख र उप्रमुखको नाम सिफारिसमा नगर सभापति भक्ति सिटौलाले एकलौटी मनोमानी गरेको आरोप छ।
आसन्न स्थानिय निर्वाचनमा मोरङको सुन्दरहरैचा नगरपालिकाका लागि सम्भावित मेयर पदका उम्मेदबारमा नाम सिफारिस गर्ने क्रममा पार्टी भित्रको एक समुह अनुदार देखिएको छ ।
संस्थापन पक्ष अर्थात शेरबहादुर देउवा निकट भएकै कारण बहालवाला मेयर शिवप्रसाद ढकालको नाम नगर कांग्रेसले सिफारिसमा अटाएन्न। नगर कांग्रेसले सभापति भक्ति सिटौलाको मात्र नाम पठाएर पुर्वाग्रह देखाएको कांग्रेसका कार्यकर्ताले आरोप लगाएका छन ।
पछील्लो ५ वर्षमा देशव्यापी रुपमा लोकप्रिय नगरप्रमुखको रुपमा रहेका ढकालले यो निर्णय पुर्वाग्रहपूर्ण भएको भन्दै नगर, क्षेत्र, जिल्ला , प्रदेश र केन्द्रमा लिखित उजुरी गरेका छन ।‘म मात्र होइन सुन्दरहरैचाका आम कांग्रेस र अन्य पार्टीका कार्यकर्ता समेत आश्चर्यचकित छन’ ढकालले भने, ‘पार्टीमा निरन्तर काम गरिरहेको, बहालवाला मेयरलाई नै बाइपास गरेर सिफारिस गरिएको छ, यसले कांग्रेसलाई कमजोर बनाएको छ ।’
एमालेको बहुमत रहेको यो नगरमा ढकालको नेतृत्वमा सबैलाई मिलाएर काम गरिएको छ । उतरी मोरङको बिकासको कुरा उठ्दा ढकालको नाम सफल मेयरको रुपमा लिइन्छ ।
केही दिन अघी ढकालले प्रधानमन्त्री एवम कांग्रेस सभापति शेरबहादुर देउवालाई बोलाएर भव्य कार्यक्रम गरेका थिए । देउवाले सार्वजनिक मञ्चबाटै ढकालको प्रशंसा गरेका थिए ।
‘स्थानिय निर्वाचन अन्तरपार्टी निर्वाचन होइन तर, साथीहरुले यसलाई मजाकका रुपमा लिए ‘ ढकालले भने, ‘निर्वाचनमा अन्य दल सित भिड्नु पर्नेमा कांग्रेसले आँफै भिडिरहेको छ , यसरी कसरी निर्वाचनको नतिजा आफ्नो पक्षमा आउछ ?’
यसबारे नगर सभापति सिटौलालाई ढकालले भेटेर कुरा गर्दा कसैको दबाबमा परेर यस्तो निर्णय गरेको बताएका छन । यता सिटौलाले गल्ती भएको स्वीकारेका छन । उनले एक भिडियोमा बोल्दा म् दबाबमा परेर गल्ती गरेको बताएका छन । ढकाल विरुद्द कोइराला खेमा लागेको ढकाल निकट कार्यकर्ता बताउछन ।
कांग्रेसमा यो जस्तो निर्लज्ज निर्णय के हुनसक्छ? सुन्दरहरैंचा कांग्रेसका एक नेताले भने, यो निर्णय कांग्रेसलाई सकाउने तरिकाले आएको छ, यस्तो पूर्वाग्रह पूर्ण निर्णयका आधारमा अब कुनै हालतमा टिकट वितरण हुनु हुदैन, भयो भने पार्टीको एक पक्षले अर्कोलाई कसरी सहयोग गर्ने ?


