बराहक्षेत्र : बराहक्षेत्रको मेयरमा निलम खनाललाई उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ ।
आज शनिबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले बराहक्षेत्रको मेयरमा खनाललाई मेयर बनाउने निर्णय गरेको हो । उपमेयरमा नन्द कुमारी राई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ । मेयरका उम्मेदवार खनाल एमाले सुनसरी जिल्ला उपादक्ष्य हुन् भने बराहक्षेत्रका मेयर पनि हुन् । यस्तै, उपमेयरका उम्मेदवार राई अ.ने.म. संग केन्द्रीय सदस्य साथै नेकपा एमालेजिल्ला कमिटी सदस्य पनि हुन् ।


