इटहरी : नेकपा एमालेले इटहरी र धरानमा उम्मेद्बार टुंगो लगाएको छ ।
नेकपा एमालेको स्थायी कमिटी बैठकले आज (शनिबार) साँझ इटहरी र धरानका उम्मेद्बारको टुंगो लगाएको हो ।नेकपा एमाले सुनसरीका सदस्य जीबी गजलका अनुसार इटहरीमा यामकुमार सुब्बालाई मेयर र सङ्गीता चौधरीलाई उपमेयर दिने निर्णय भएको छ ।
यस्तै, धरानमा मन्जु भन्डारीलाई मेयर र पदम लिम्बूलाई उपमेयरमा उठाउने निर्णय भएको गजलले टाकुरालाई जानकारी दिए ।


