विराटनगर । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उम्मेद्वारी दिन प्रदेश-१ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार प्रदेश सांसद काजीमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् ।
२०७४ को चुनावमा कागते इलाम क्षेत्र नम्बर-१ (ख) र बुढाथोकी झापा १ को (ख)बाट निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको पराजुलीले बताए । स्थानीय तह निर्वाचनमा कागते इलामको सुर्योदय नगरपालिका प्रमुखमा उठ्ने चर्चा छ भने बुढाथोकी मेचीनगर नगरपालिकाको मेयरमा उठ्ने तयारीमा छन्।


