जनमत पार्टीले विराटनगर महानगरपालिका मेयरकाे उम्मेदवार अरुणकुमार मण्डललाई बनाएकाे छ । उनले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । सिके राउत नेतृत्वकाे पार्टीको महानगर अध्यक्ष हुन् ।
मण्डलले विराटनगरकाे विकासका लागि उम्मेदवारी दिएको बताए । उपमेयरसहित पार्टीले १९ वटै वडामा उम्मेदवारी दिने उनले बताए ।


