धर्मदेवी । संखुवासभाको धर्मदेवी नगरपालिकामा उमेद्वार घोषणा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । लोकतन्त्र दिवसको अवसर पारेर आयोजित कार्यक्रमा लामो समयदेखि पार्टीको सांगठनिक विस्तारमा योगदान पुर्‍याउने २०१ बढी ज्येष्ठ नागरिकहरुलाई धर्मदेवी एमाले नगर कमिटीले सम्मान गरेको हो ।

कार्यक्रममा नेकपा एमाले पोलिट ब्युरो सदस्य पर्शुराम मेगी गुरुङ र स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले ज्येष्ठ नागरिकहरुलाई खादा र प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो । सम्मानित हुनेहरुमध्येका एक  ७३ वर्षीय भीम बहादुर खुलाल बस्नेतले आफूले दिएको योगदानको पार्टीले कदर गरेकोमा खुसी लागेको वताउनुभयो । यस विषयमा थप बोल्दै उहाँले वर्तमान सन्दर्भमा जनतालाई ‘जनताको बहुदलीय जनवाद’ बुझाउन आवश्यक रहेको समेत विचार राख्नुभयो ।

वैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनका लागि एमालेले नगरका नौ वटै वडाका उम्मेदवार टुङ्गो लगाइसकेको छ । एमालेबाट उठेका उमेद्वार घाषणा पनि रहेको उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु बिदुर लिङ्थेप, भीम लिंखासहित जिल्ला, नगर र वडा कमिटीका सदस्य लगायतको उपस्थिति रहेको थियो । आसन्न स्थानीय निर्वाचनमा धर्मदेवी नगरपालिकाको प्रमुख र उपप्रमुखमा क्रमशः उदयचन्द्र पौडेल र लक्ष्मी गिरीलाई ।