सुन्दरहरैंचा / सुन्दरहरैंचाको मेयर पदको लागि स्वतन्त्र उम्मेद्ववार डा. प्रकाश भट्टराईले पहिलो उम्मेद्ववारी दर्ता गरेका छन् । करिव ३ साता अघि नै आफ्नो उम्मेद्वारी घोषणा गरेर आफ्ना प्रतिबद्धता सहित चुनावी अभियानमा होमिएका उनले आइतवार बिहान मनोनयन दर्ता गराएका हुन् ।भट्टराईले आसन्न निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय सुन्दरहरैंचामा पहिलो नम्बरमा मनोनयन दर्ता गरेका हुन् । भट्टराईको प्रस्तावकमा कृष्णप्रसाद खतिवडा र समर्थकमा बलबहादुर कार्की रहेका छन् । स्वतन्त्र उम्मेद्वार डा. भट्टराईले निर्वाचन अधिकृत माधव भण्डारीलाई मनोनयन पत्र बुझाएकाे बताए ।FB_IMG_1650810652259