सुनसरी / पूर्व राजा ज्ञानेन्द्र शाहलाई इटहरीका कर्ण विश्वकर्माले उपहार स्वरुप राजदन्ड सहितको सुन चाँदी र मोति जटित ‘श्रीपेच’ उपहार दिएका छन् ।
फिर्ति सवारी हुने क्रममा चन्द्रगढी एयरपोर्ट आएका राजालाई विश्वकर्माले ‘श्रीपेच ‘ उपहार दिएका हुन् ।
‘श्रीपेच ‘ ५ लाख मूल्य बराबरको हो विश्वकर्माले भने ।’श्रीपेच ‘ लाई केही तोला चाँदी केही तोला सुन र मोतिका माला र हिराले सजाईएको छ । ‘बहुमूल्य रत्न जटिल ‘श्रीपेच ‘ सहित राजदन्ड भेट चढाउँदा म आज संसारकै खूशी र भाग्यमानी ठान्छु किनकी मैले आज पुनः राजतन्त्र को स्थापना गरेको छु।’ विश्वकर्मा राजालाई ‘श्रीपेच ‘ उपहार दिने पहिलो व्यक्ति हुन्।



