माेरङमा नेकपा एमाले १० बुँदे पक्षधर नेताहरु स्थानीय तह निर्वाचनमा  टिकट बिहिन बनेका छन् । नेकपा एमाले विभाजन हुँदा १० बुँदे सम्झौतापछि पार्टी भित्र बसेकाहरुले टिकट नपाएका हुन् ।

मोरङका १७ पालिका मध्ये तीन पालिकामा १० बुँदे पक्षधर जनप्रतिनधि नेतृत्वमा थिए । बैशाख ३० गते हुने निर्वाचनमा उनीहरु आकांक्षी थिए । तर पार्टीले  नै टिकट नदिएपछि साेमबार मनाेनयन दर्ता गर्न पाएनन् । पथरी नगरपालिका प्रमुख  किशोर राई, बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदी र केराबारी गाउँपालिका उपप्रमुख शान्ति भुजेल १० बुँदे पक्षधर हुन् ।स्थानीय तह निर्वाचनमा तीन जना नै आकाक्षी थिए । तर कसैले टिकट पाएनन् । १० बुँदे समूहबाट विराटनगर महानगरपालिको मेयरमा जीवन घिमिरे र उपमेयरमा विमला दाहाल (घिमिरे) आकांक्षी थिए । अन्तिम समयमा  सागर थापा र शिल्पा कार्कीलाई एमालेले टिकट दिएको थियो । 

बेलबारीमा ज्ञानेन्द्र सुवेदीलाई रोक्नका लागि एमालेलले सोमबार मात्रै डिपि राईलाई टिकट दिएको थियो । पथरीशनिश्चरे नगरपालिकाको प्रमुखमा मोहन तुम्वापो र उपप्रमुखमा देवीमाया काफ्ले, केराबारी गाउँपालिकाको अध्यक्षमा सुमन मिरिङ्चिङ र उपाध्यक्षमा मनमाया मगर उम्मेदवार छन् ।