विराटचोकः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत बैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेद्वारको उम्मेद्वारीमाथि आज दाबी विरोध गर्ने दिन हो ।

मनोनयन दर्ता गरेको कुनै व्यक्ति उम्मेद्वार हुन योग्य नभएको प्रमाणसहित उजुरी दिने समय आज १ दिन राखिएको छ । उजुरीमाथि निर्वाचन आयोगले भोलि र पर्सि छानबिन गर्नको लागि समय छुट्याइएको छ ।

बैशाख १६ गते उम्मेद्वारले आफ्नो मनोनयन फिर्ता लिन चाहेमा फिर्ता लिन पाउने कार्यतालिका आयोगले राखेको छ ।