सुन्दरहरैंचा / प्रमुख र उपप्रमुखसहित ६२ जना जनप्रतिनिधि निर्वाचित हुने सुन्दरहरैंचामा ३ सय १३ जनाले उम्मेद्वारी दिएका छन् । जसमा ११ जनाले प्रमुख र ८ जनाले उपप्रमुख पदमा उम्मेद्वारी दिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर ३ मा सबैभन्दा धेरै २८ जनाले उम्मेद्वारी दिएका छन् । जसमा ७ जनाले वडाध्यक्षमा, १० जनाले खुला वडा सदस्यमा, ६ जनाले महिला सदस्यमा र ५ जनाले दलित महिला सदस्यमा उम्मेद्वारी दिएका छन् ।
११ जनाले प्रमुखमा, ८ जनाले उपप्रमुखमा, ७१ जनाले वडाध्यक्षमा, ११३ जनाले खुला वडा सदस्यमा, ५८ जनाले महिला सदस्यमा र ५२ जनाले दलित महिला सदस्यमा उम्मेद्वारी दिएका छन् ।
वडागत रुपमा हेर्दा वडा नम्बर १ मा २७ जनाले, वडा नम्बर २ मा २० जनाले, वडा नम्बर ३ मा २८ जनाले र वडा नम्बर ४ मा २६ जनाले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै, वडा नम्बर ५ मा २१ जनाले, वडा नम्बर ६ मा २४ जनाले, वडा नम्बर ७ मा पनि २४ जनाले र वडा नम्बर ८ मा २६ जनाले उम्मेद्वारी दिएका छन् ।
वडा नम्बर ९ मा २३ जनाले, वडा नम्बर १० मा २७ जनाले, वडा नम्बर ११ मा २३ जनाले र वडा नम्बर १२ मा २५ जनाले उम्मेद्वारी दिएका छन् ।


