इटहरी /  इटहरी उप महानगरपलिकामा प्रमुख पदको लागी १८ र उप प्रमुख पदको लागि ९ जनाले र  धरान उप महानगरपलिकामा प्रमुख पदको लागी २२ र उप प्रमुख पदको लागि ११ जनाले उम्मेदवारी दर्ता गरएका छन्

बैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागि उप महानगरको प्रमुखका लागी विभिन्न राजनितिक दल तथा स्वतन्त्र उम्मेदवार गरी १८ जनाले उमेदवारको मनोनयन दर्ता गराएका हुन् । जसमध्ये १२ जना  राजनैतिक दलका उम्मेदवार हुन भने ६ जना स्वतन्त्र उम्मेदवार हुन् । उप महानगरको प्रमुखका आकांक्षी मध्ये १ जना महिला रहेका छन् । 

तेस्तै उप प्रमुखका  लागि ९ जनाले उमेदवारको मनोनयन दर्ता गराएका हुन् । जसमध्ये ६ जना राजनैतिक दलका उम्मेदवार हुन भने ३ जना स्वतन्त्र उम्मेदवार हुन् ।  उप महानगरको उप प्रमुखका आकांक्षी मध्ये ७ जना महिला रहेका छन्  ।तेस्तै धरान उप महानगरपलिकामा प्रमुख पदको लागी २२ र उप प्रमुख पदको लागि ११ जनाले उम्मेदवारी दर्ता गरएका छन् । जसमध्ये १४ जना राजनैतिक दलका उम्मेदवार हुन भने ८ जना स्वतन्त्र उम्मेदवार हुन् । उप महानगरको प्रमुखका आकांक्षी मध्ये ५ जना महिला रहेका छन् । 

तेस्तै उप प्रमुखका  लागि ११ जनाले उमेदवारको मनोनयन दर्ता गराएका हुन् । जसमध्ये ९ जना राजनैतिक दलका उम्मेदवार हुन भने २ जना स्वतन्त्र उम्मेदवार हुन् ।  उप महानगरको उप प्रमुखका आकांक्षी मध्ये ४ जना महिला रहेका छन्