सोलुखुम्बु : सोलुखुम्बुको थुलुङस्थित दूधकोशी गाउँपालिकामा आगो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ ।

स्थानीय ७० वर्षीय जयराम सार्कीको आफ्नै बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा अचानक आफ्नै शरीरमा आगो सल्किँदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।बिमानस्थल सुरक्षा गार्ड कांगेलको प्रहरी टोली खटिइ तत्काल उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले थप अुनसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।