रामधुनी : रामधुनी नगरपालिकामा १५ जनाले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । वैशाख ३० गते हुने निर्वाचनका लागि रामधुनी नगरपालिकामा स्वतन्त्र मेयर पदमा ९ जनाले मनोनयन दर्ता गरेका छन । भने उपमेयरमा ८ जनाले मनोनयन दर्ता गरेका छन् । ८ जना स्वतन्त्र उपमेयर पदमा उमेद्धारी गराएका मध्य २ जनाले स्वतन्त्र दर्ता गरेका हुन् ।
नेकपा एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा, नेपाल लोकतान्त्रिक पार्टी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादी पार्टी र स्वतन्त्रबाट मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्य पदमा उमेदवारी परेको छ । ९ वटै वडामा ५६ जनाले वडाअधयक्ष मनो नयन दर्ता गरेको छ । उमेदवारी दर्ता गरेको वडा अध्यक्ष मध्ये ९ जनाले स्वतन्त्र उमेदावारी दिएका हुन ।
नेकपा एमालेबाट मेयर पदमा संकरलाल चौधरीले उम्मेदवारी दर्ता गरेका छन । नेपाली कांग्रेसको तर्फबाट सुदिप अधिकारी, नेकपा माओवादी केन्द्रको तर्फबाट चन्द्रकुमार चौधरी थारु, जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर खड्का, नेकपा एकिकृत समाजवादीको तर्फबाट सितारा घिमिरे, राप्रपाबाट सत्यनारायण चौधरीले मेयर पदको उमेदवारी दर्ता गराएका छन । स्वतन्त्र मेयरपदमा सुर्यप्रसाद दाहाल, रविन लम्साल, नोवेल चौधरी, रेवत राम गुरुङ्ग,नेत्र देव ढकाल,माधव कट्टेल, राजन कुमार गौतम, गुरुप्रसाद पोख्रेल,आशिष पोख्रेलले स्वतन्त्र उमेदवारी दिएको रामधुनी निर्वाचन कार्यालयले जनाएको छ ।
उपमेयर तर्फ नेकपा एमालेबाट तारा थापाको उमेदवारी परेको छ । नेपाली कांग्रेसको तर्फबाट आशा चौधरी, नेकपा माओवादी केन्द्रको तर्फबाट श्याम कुमारी साहु, जनता समाजवादी पार्टी नेपालबाट लिली कुमारी चौधरी, नेकपा एकिकृत समाजवादीको तर्फबाट सिता चौधरी थरुनी, राप्रपाबाट सिता नेपाल पौडेलले उपमेयर पदको उमेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उपमेयर पदमा पन्नालाल साहु तेली, र रेश्मा थापा मगरले स्वतन्त्र उमेदवारी दिएको रामधुनी निर्वाचन अधिकृत बिजयराज सुवेदीले जानकारी दिएको हो ।


