इटहरीः उमेरले उनी २६ वर्षका मात्रै भए । देशभरको राजनीतिक माहोल हेर्दा उनी स्थानिय चुनावको प्रचारप्रसार र उमेद्वारको सहयोगीको रुपमा हिड्ने युवा जस्ता लग्छन् । तर, भोजपुरको पौवादुङ्मा गाँउपालीका वडा नम्बर ३ च्याङ्ग्रे का सन्तोष कोइराला भने यो भिडमा अपवाद भएका छन् । उनी आफै वडा अध्यक्षका उमेद्वार भएका छन् । देशभर गठबन्धन भएपनि उनी वडामा गठबन्धनका तर्फबाट नभएर नेपाली कांग्रेसका एक्ला उमेद्वारको रुपमा आएका छन् । विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा आएका कोइरालाको पारिवारिक विरासत नै राजनीति हो । उनका हजुरबुबा च्यांग्रे गाँउपन्चायतको उपप्रधानपन्च सम्म भएका थिए ।
विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व देखी स्थानिय पन्चकन्या माविका अध्यक्ष समेत भएका कोइरालाका पिता पनि बहुदलपछि वडा नम्बर ३ को अध्यक्ष भएका थिए । उनी दुईपटक वडा अध्यक्ष भएका थिए । कोइरालाको सक्रिय राजनीतिक सुरुवात उनी पन्चकन्या माविका कक्षा नौमा पढ्दा नेपाल विद्यार्थी संघबाट भएको थियो । नेपाली कांग्रेसको विद्यार्थीको संस्था नेविसंघका नेता भएका उनी पछिल्लो समयमा गाँउमै सक्रिय छन् । युवाहरु विदेश पलायन मात्रै हैन राजनीतिमा निराश हुँदा कोइराला केहि गर्ने अठोटका साथ मैदानमै छन् । उनी चुनावी माहोल आएपछि गाँउ आएका हैनन् । उनको मुख्य मुकामनै गाँउ हो । भोजपुर जिल्ला हो ।
कांग्रेस भएकैले कोइरालाले आक्रमण समेत खेपेका छन् दोश्रो संविधानसभाताका उनी लगायतका साथीहरुमाथी माओवादीले आक्रमण गरेका थिए । उनी घाइते भएका थिए । उनी २०७२ सालमा नेपाल तरुण दलको भोजपुरको जिल्ला सदस्य भए । त्यस अगाडि उनी २०६८ सालमा भोजपुर च्याङ्ग्रेली सद्भाव सेवा समाजको वृहत् स्वास्थ्य शिविरको युवा परिचालन प्रमुख भएका थिए । २०७० साल देखी उनले निरन्तर खेलकुद गतिविधिहरु गर्दै आएका छन् । उनले आगलागि पीडिलाई आफ्नै अगुवाइमा गरेको सहयोगको भोजपुरमा राम्रो चर्चा पायो । वडा अध्यक्षमा युवा उमेद्वार भएका कोइरालाले आफूले जितेपछि वडाले गर्ने नियमित सिफारिस बाहेक मुलतः पाँच काम गर्ने बताएका छन् ।
एक, जनता र जनप्रतिनिधिको सामुहिक सहभागितामा एक महिनामा एक पटक टोलको देखिने विकास कार्यमा जुट्ने । दुई, असन्तुलित बजेट बाँडफाँडमो अन्त्य गरेर पहुँच हुनेको मात्रै हैन आम मान्छेमाझ स्थानिय सरकार पुगेको अनुभुति गराउने । तीन, हरेक वर्ष हरेक टोलमा पाँच जना न्यूनतम कृषि उद्यमि बनाएर निर्यात गर्ने वातावरण तयार गर्ने । चार, उज्यालोबाट बन्चित भएका परिवारलाई तत्काल प्राथामिकता दिएर काम अगाडि बढाउने । पाँच, वडामा खेलका पुर्वाधार देखी खेलाडी उत्पादनमा प्राथामिकता दिने निरन्तर खेलको वातावरण बनाएर जिल्ला, प्रदेश र रास्ट्रिय स्तरका खेलाडी उत्पादनमा माहोल तयार गर्ने ।


