इटहरी | इटहरी उपमहानगरपालिकाको नगर प्रमुख पदको लागि  १८ जनाको उम्मेद्धवारी परेको छ । निर्वाचन अधिकृतको कार्यलय इटहरीको अनुसार वैशाख ११ र १२ गतेको उम्मेद्वारी मनोनयनमा मेयरमा १८ र उपमेयर पदका लागि ९ जना उम्मेद्वारले मनोनयन दर्ता गराएका छन्।

सुनसरी जिल्लाकै बढी मतदाता भएको इटहरीमा एक  सय तेइस जनाले वडा अध्यक्षमा उम्मेद्वारी मनोनयन गराएका छन् । २० वटा वडा रहेको उपमहानगरमा दुई  सय तीन  खुल्ला सदस्य, एक सय एक महिला सदस्य उनानब्बे  दलित महिला सदस्यले आफ्नो उम्मेद्वारीदर्ता  गराएका हुन्।

वैशाख ३० मा हुने  स्थानीय निर्वाचनमा इटहरीमा विभिन्न पदमा गरी ५ सय ४३ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहने  निर्वाचन अधिकृतको कार्यलय इटहरीले जनाएको  छ