इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको स्वतन्त्र रुपमा वडाध्यक्षमा उमेदवारी दिएका दुई जनाको विरोधमा उजुरी परेको छ । 

वडा नम्बर ७ मा स्वतन्त्र रुपमा वडाध्यक्षको उमेदवारी दर्ता गराउने मदन कुमार चौधरी र रामाकान्त चौधरी विरुद्ध उजुरी परेको निर्वाचन अधिकृत नायरण रिमालले जानकारी दिएका छन् । 

उनीहरुको विषयमा भोली निणर्य हुने बताइएको छ । इटहरीको मेयर र उपमेयरसहित वडाध्यक्ष तथा वडा सदस्यमाहरुमा वैशाख ११ र १२ गते उमेदवारी दर्ता भएको थियो । 

१२ गते नै उमेदवारको सूचि सार्वजनीक गरिएको थियो ।  सोहि आधारमा हिजो दुई जना स्वतन्त्र वडाध्यक्षका उमेदवारको विरुद्धमा उजुरी परेको निर्वाचन अधिकृत रिमालले जानकारी दिए।

आज र भोली दुई दिनसम्म दुई जना उपर र मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निणर्य गरिने उनले जानकारी दिए ।