विराटचोकः मोरङको रतुवामाई नगरपालिका–३ स्थित नेपाल भारत सीमा छेउबाट ब्राउन सुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ का ५३ वर्षीय खड्गबहादुर सिलवाल रहेका छन् । सोमबार बेलुका ८ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गर्दा उनलाई पक्राउ गरेको थियो ।
सिलवाल सवार बा ७६ प ४६९७ नम्बरको मोटरसाइकल जाँचको क्रममा उनको साथबाट ६ दशमलव ८८ ग्राम ब्राउन सुगर बरामद गरी नियन्त्रणमा लिइएको थियो । ब्राउन सुगरसहित पक्राउ परेका सिलवालको सम्बन्धमा इलाका प्रहरी कार्यालय सिँजुवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


