विराटचोकः गत स्थानीय तहको निर्वाचनमा सुन्दरहरैंचामा रोचक परिणाम आएको थियो । २ तिहाइ जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित भए पनि प्रमुख पदमा नेपाली कांग्रेसका शिवप्रसाद ढकाल निर्वाचित भएका थिए ।
सो निर्वाचनबाट नगरको प्रमुख पदमा नेपाली कांग्रेसका शिवप्रसाद ढकालले १६ हजार ८ सय २२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका केदार गुरागाईँले १५ हजार ८ सय ५४ मत ल्याएका थिए । नेकपा माओवादी केन्द्रकी लक्ष्मी न्यौपानेले २ हजार ७ सय ९४ मत ल्याएकी थिइन् ।त्यस्तै, उपप्रमुख पदमा नेकपा एमालेकी धनमाया तामाङ १५ हजार ८ सय १ मत ल्याएर विजयी भएकी थिइन् । उनका प्रतिद्वन्द्वीमध्ये नेपाली कांग्रेसकी विन्दा दाहालले १३ हजार ४ सय ६९ र नेकपा माओवादी केन्द्रका नवराज चापागाईँले ६ हजार ३ सय ७ मत ल्याएका थिए ।
५४ हजार ३ सय ७३ जना मतदाता रहेका थिए । प्रमुख पदमा १२ जना र उपप्रमुख पदमा ९ जना उम्मेद्वार रहेको सो निर्वाचनमा यस्तो थियो अन्तिम मत परिणामः



