धरानः नेपाली कांग्रेस सुनसरीका पूर्व जिल्ला सदस्य तथा क्षेत्रीय प्रतिनिधि रामबहादुर तामाङको नेतृत्वमा १८ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमालेको घरदैलो अभियानको क्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्दै तामाङले कांग्रेसमा राजनीतिक आचारण र व्यवहार नभएको आरोप लगाए । नवप्रवेशीलाई पार्टीकी केन्द्रीय सदस्य तथा मेयर पदकी उम्मेदवार मञ्जु भण्डारी (सुवेदी) र उपमेयरका उम्मेद्धवार पदम इस्वोले स्वागत गरेका थिए । कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष हर्क एभेङ, प्रदेश सदस्य मोतीराज सुनुवार, नारायण सुवेदी, प्रदेश सांसद जयकुमार राईलगायत उपस्थित थिए ।
एमालेले घरदैलो अभियानका लागि कार्यतालिका बनाएको छ । निर्वाचन मूल परिचालन कमिटीका अनुसार वैशाख १५ गते ९ ,१० र १९, बैशाख १६ गते वडा नम्बर १६, वैशाख १७ गते वडा नम्बर ११, वैशाख १८ गते वडा नम्बर ११ र १८, र्वैशाख १९ गते वडा नम्बर १७, वैशाख २० गते वडा नम्बर १७ र १५ मा घरदैलो अभियानको कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।
वैशाख २१ गते वडा नम्बर १५, वैशाख २२ गते वडा नम्बर २०, बैशाख २३ गते ४ र ५ नम्बर वडा, वैशाख २४ गते वडा नम्बर ६ र वैशाख २५ गते वडा नम्बर १, २, ३, ७ र १२ मा घरदैलो अभियान सञ्चालन गरिने सो पार्टीले जनाएको छ ।


