इटहरी : आसन्न स्थानीय तहको निर्वाचनको चुनावी अभियानको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मङ्गलवार झापा आएका छन् ।
एमाले झापाका अध्यक्ष दीपक कार्कीका अनुसार आज (बिहीबार) तीन स्थानमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । भद्रपुरमा ११ बजे, मेचीनगरमा १ बजे र बिर्तामोडमा ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष कार्कीले जानकारी दिए ।
उनले स्थानीय तह निर्वाचनको सङ्घारमा कार्यकर्ता भेटघाटको कार्यक्रम आयोजना गरिएको बताएका छन् ।


