स्थानीय तह निर्वाचनका लागि सुन्दरहरैंचा नगरपालिका वडा ९ मा अध्यक्ष तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाश श्रेष्ठले उमेद्वावारी दिएका छन् । बैशाख ३० गते हुने निर्वाचनको लागि नेपाली कांग्रेसका तरुण सभापति समेत रहेका श्रेष्ठले वडाध्यक्ष पदमा सोमवार उमेद्वारी दर्ता गराएका थिए ।

खेल जिवनबाट राजनितिमा प्रवेश गरेका विभिन्न जातजाति ,धर्म संस्कृतिको धनी रहेको यो वडालाई नमुना वडाको रुपमा बिकास गर्न, इन्द्रपुर रंगशालालाई अन्तर्राष्ट्रिय रंगशाला बनाउने लक्ष्य बोकेका छन।

आफ्नो वडामा सुकुम्बासी समस्या समाधान गर्न ब्यबस्थित बसोबासको निर्माण, कृषि बजारलाई ब्यबस्थित गर्ने, स्वरोजगार बन्न तालिम, भष्ट्राचार रहितको वडा बनाउने सोचका साथ अघि बढेका छन।
श्रेष्ठले स्वास्थ्य खानेपानीको बर्तमान समस्यालाई मध्यनजर गर्दै आवश्यक ब्यबस्थापन गर्न , वडा भित्र रहेका सामुदायिक बिधालयमा बालबालिकालाई नि:शुल्क कक्षा १२ सम्म पठनपाठन गर्न ब्यबस्था मिलाउन , बृद्ध वृद्धालाई घर-घरमा भत्ता पुर्याउने, भिभिन्न भाषा भेषभुषा, कला संस्कृतिको संरक्षणका निम्ति पार्क तथा संग्रालयनिर्माण गरि पर्यटकीय क्षेत्रको बिकास गर्ने योजना बुनेका छन्।
यस अघिका वडा अध्यक्षले गरेका कामको सराहनीय गर्दै बाँकी बिकास निर्माणका अधुरा रहेका कामहरुलाई पूर्णता दिन आवश्यक भएको बताउँदै श्रेष्ठले आफ्नो वडालाई नमुना वडा बनाउँने दावी गरे ।

श्रेष्ठ नेतृत्त्वको उक्त टिममा खुला वडा सदस्यहरुमा पवन कुमार राई र मोहमद मन्सुर आलम रहेका छन् भने महिला वडा सदस्यमा बसन्ती दनुवार रहेकी छन् । त्यसैगरी, दलित महिला वडा सदस्यमा रबिना रोक्का रहेकी छन् ।