१६ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका तीन उपाध्यक्ष र एक सदस्यसहित चार जनाले तत्काल कार्यसमिति बैठक बोलाउन माग गरेका छन् ।

राष्ट्रिय फुटबल टिमका खेलाडी र मुख्य प्रशिक्षकबीच उत्पन्न विवाद अत्यन्त संवेदनशील विषय भएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा, वीरबहादुर खड्कासहित केन्द्रिय सदस्य दावा लामाले बैठक माग गरेका हुन् ।खेलाडी र प्रशिक्षकको विवाद अत्यन्त संवेदनशील विषय भएको भन्दै उनीहरुले तत्काल बैठक बसेर निर्णय गर्नुपर्ने बताएका छन् ।

यो विषयमा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग छलफल गर्ने कुरा भए पनि भेट नभएपछि एन्फामा पत्र नै दर्ता गरेको वरिष्ठ उपाध्यक्ष पंकजले बताए ।केही सदस्यले राजीनामा दिईसकेको भन्दै  हाल कायम पदाधिकारी मध्ये एक तिहाईले बैठक माग गरेकोले कार्यसमिति बैठक बस्नुपर्ने बताए ।