धरानः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेका मेयरका उम्मेद्वार मञ्जुु भण्डारी र उप मेयर पदम इस्वो शुुक्रबार धरान–१६ को घरदैलो अभियानमा थिए । भोट माग्दै जाने क्रममा मतदाताले दुवै उम्मेद्वारलाई विभिन्न सुझाव दिए ।
अबको पाँच वर्षमा धरानलाई उत्कृष्ट बनाएर देखाउने प्रतिबद्धता सो क्रममा भण्डारीले गरिन् । खानेपानीको विषयमा धेरै जिज्ञासा आएको उनको भनाइ थियो ।
उपमेयरका उम्मेद्वार पदम इस्वोले अब धरानलाई भौतिक तथा आर्थिक रुपमा विकास गर्न एमालेले बनाएको नीतिअनुुसार विकास गर्नुपर्ने बताए ।


