मोरङ :सुन्दरहरैंचामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन भएको छ। नेपाली कांग्रेस पार्टीको सम्पर्क कार्यालय बिराटचौक पत्रकार सम्मेलन गर्दै गठबन्धन सहित चुनावी कार्यक्रममा सरिक हुने जनाएको छ। गठबन्धन गर्दै नेपाली कांग्रेसको तर्फबाट मेयरमा शिव प्रसाद ढकाल र उपमेयरमा नेकपा माओवादी केन्द्रका नवराज चपागाईंलाई उम्मेदवार भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सचिव ललित श्रेष्ठले पार्टीको केन्द्रीय समितिको निर्देशन तथा प्रदेश, जिल्ला र नगर समितिको निर्णयअनुसार गठबन्धन गरिएको बताए । आवश्यकताका आधारमा गठबन्धन हुने प्रष्ट्याउँदै आवश्यक परे अझै पनि गठबन्धन गर्न सकिने बताए ।
केपी शर्मा ओली संविधानको मर्म विपरीत चलेकाले गठबन्धन गर्नुपरेको नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले बताए । प्रधानमन्त्री भएपछि कसैको कुरा नसुन्ने प्रवृत्ति ओलीमा देखिएकाले त्यसको विरोधमा गठबन्धन गरिएको र पछिसम्म यो गठबन्धन कायमै रहने उनले औँल्याए । एमालेका उम्मेद्वारलाई जित्नै नदिने निर्णय भएको हुनाले एमालेले कुनै वडा जित्ने सम्भावना देखिएमा गठबन्धनको जुन दलको पकड बढी हुन्छ सो दलका उम्मेद्वारलाई सघाउने नीति रहेको उनले प्रष्ट्याए ।
मेयर उपमेयर टुंगो लागेपछी वडाका विभिन्न पदका उम्मेदवारलाई समेत गठबन्धन गरि लाने नेपाली कांग्रेसका प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए।
केन्द्रबाट दुई पार्टीको निर्देशन बमोजिम सुन्दरहरैचामा गठबन्धन भएको हो। अर्को तर्फ भने नेपाली कांग्रेसका स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारको हकमा पार्टीको निर्णय बमोजिम फिर्ता नलिएमा साधारण सदस्य समेत नरहने गरि कारबाही गर्ने निर्णय गरिएको छ ।
रायमाझीले पार्टी निर्देशन नमान्ने पार्टीलाई सहयोग नगर्ने स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका नेतालाई अब छिट्टै नै कारबाही गर्ने बताए।
गठबन्धन भएपछी एमालेमा अब भुइचालो आएको भन्दै नेकपा माओवादीका नेता गोपी अच्छामीले आफ्नो गठबन्धनको नेतालाई भोट नहाली प्रतिपक्ष पार्टीको नेतृत्व स्विकार्नु हुन्छ भनेर गठबन्धनका कार्यकर्तालाई प्रश्न गरेका थिए। यसका लागी गठबन्धन तर्फ कांग्रेसका उम्मेदवार रहेका मेयर पदका ढकाललाई र नेकपा माओवादी केन्द्रका उपमेयर उम्मेदवार चपागाईलाई बिजय गराउन आव्हान गरेका छन।
मेयर उपमेयरको टुंगो लागि सकेपछी छिट्टै नै वडाको गठबन्धन समेत हुने पत्रकार सम्मेलनमा जनाएको छ।
उक्त पत्रकार सम्मेलनमा नेपाली कांग्रेसको तर्फबाट रमेशजंग रायमाझी, लोक प्रसाद संग्रौला, डा. सुनिल शर्मा, ललित श्रेष्ठ र माओवादी केन्द्रको तर्फबाट गोपि अच्छामी, दुश्यन्त भट्टराई लगायतका नेताहरुको सहभागिता रहेको थियो ।


