इटहरी । २०४०/४१ सालतिर शारदा माविमा अध्ययन गर्दै गर्दा अनेरास्ववियूबाट राजनितिक यात्रा सुरु गरेका शिव नारायण चौधरीले यसपटकको स्थानिय निर्वाचनमा पनि इटहरी उपमहानगरपालिका वडा नं. १३ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनी अघिल्लो पटकको स्थानिय निर्वाचनमा पनि वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । 

कम्युनिष्ट पार्टी श्रमजीवि, गरिब, दिनदुःखीहरुको लागि बनेको भएर आफू पनि सोही पार्टीमा प्रवेश गरेको उनले बताए । उनले भने, ‘श्रमजीवि, गरिब, दिनदुःखी मानिसलाई सचेतना जगाएर जनताको हितको लागि काम गर्छ भनेर म यसमा आवद्ध भएको हुँ ।’ २०४२ सालपछि महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्दा अहिलेका नेकपा एमाले केन्द्रीय सदस्य महेश रेग्मीको प्रेरणाले उनी अनेरास्वीयूमा आवद्ध भए । त्यहाँ अनेरास्ववीयूको सदस्यको रुपमा क्याम्पसमा समाहित भए । २०६० सालमा खनार गाउँ विकास समिति (गाविस) हुँदा उनलाई पार्टीले गाउँ कमिटि अध्यक्षको जिम्मेवारी दियो । उनले त्यसबेला यहाँ अध्यक्ष बनेर दुई कार्याकाल सम्हाले ।  

पहिला साविक खनार गाविस हुँदा ९ वटै वडा एमालेमय बनाएको थिए । त्यसपछि २०७१ सालमा इटहरी उपमहानगरपालिका समाहित हुँदा उनी नेकपा एमालेको तर्फबाट नगर कमिटिको उपाध्यक्षमा निर्वाचित भए । २०७४ सालमा स्थानिय निर्वाचन भयो । उनले वडा नं. १३ बाट वडाध्यक्ष पदमा निर्वाचन जिते पनि । निर्वाचन जितेर वडाबासीको सेवा गरिरहँदा उनले वडावासीको मन समेत जिते फल स्वरुप उनले पुनः निर्वानमा उम्मेवारी दिएका छन् । 

उनी हाल वडासदस्यसहित घरदैलो कार्यक्रममा टोलटोलमा भोट माग्दै हिडिँरहेका छन् । 

२०७४ सालमा निर्वाचित भएर वडाध्यक्ष बनेकै साल बाढि आयो । त्यसबेला इटहरी उपाहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम लगायतको टिमले जनतालाई २० वटै वडामा राहत वितरण गरिएको थियो । 

उनी निर्वाचित भएर वडाध्यक्ष बनिरहँदा १३ नं. वडा दुर्गम गाउँ जस्तै थियो । उनले वडाको विकास निर्माणका लागि गरेको कार्य सुनाउँदै भने, ‘१३ नं. वडा ठूलो भएको तर बजेट थोरै भएकाले हामीले त्यसलाई मिलाएर बाटो ग्राभल गर्यौँ, कलभोट केही ठाउँ बनायौँ, ड्रेन निर्माण गर्यौँ । हामीले ५ वटा टोलमा कालोपत्र गर्यौँ । ६,७ ठाउँमा इन्टरलक गरिसकेको अवस्था छ । अहिले पनि ७८/७९ को बजेटमा कालोपत्रे र इन्टरलकको योजना पारेका छौँ । प्रदेशबाट पनि केही रकम दिएर त्यो काम सुरु भएको अवस्था छ । केही अ‍ैलानी जग्गालाई संरक्षण गरि दुई ठाउँमा बाल उद्यानको लागि संरचना तयार हुँदैछ । फुलबारी टोलमा बाल उद्यानको भवन सहितको संरचना बन्दैछ । शान्ति टोलमा अ‍ैलेनि जग्गा घेराबार गरेर जेष्ठ नागरिकको लागि भवन बन्दैछ । दलित वस्तिको लागि सामुदयिक भवन संरचना बन्दै छ ।’ 

उनले भने, ‘१३ नं. वडा भित्र रहेका सरस्वति मन्दिर, दुर्गा मन्दिर, कालि मन्दिर, गेडमहाराज मन्दिर, महाराज बिच्छुदास ग्रामथान पूर्णरुपमा सम्पन्न गरेको अवस्था छ ।’ 

महिलाको हकमा १३ नं. वडामा भएका महिलालाई आत्मनिर्भर बनाउने जनचेतनामूलक सिपमूलक कार्यक्रम सम्पन्न गरेको समेत उनले बताए । उनले युवाहरुको लागि क्लबहरुलाई समेटेर टुर्नामेन्ट खेलाउने र खेलाडीहरुलाई जर्सी तथा खेल सामग्री वितरण गरेको बताए ।

१३ नं. वडामा रहेको मदन आश्रीत विद्यालयमा बालबालिकालाई पठनपाठनमा सहयोग होस् भनेर कापी कलम बाढेको र भवन मर्मतको कार्य गरेको उनले बताए । उनले भने, ‘यसका साथै हामीले विद्यालयमा कम्प्युटर, फेन खरिद गर्ने काम गरेका थियौँ ।’
 
स्वास्थ्य क्षेत्रमा यस वडामा प्राथमिक स्वास्थ्य केन्द्रको भवन बनेर सम्पन्न भएको छ । स्वास्थ्य केन्द्र तयार भएर चेकजाँच गर्न थालिसकेको अवस्था छ । यस्तै, यस वार्डमा ८ जना स्वास्थ्य स्वयमसेविका महिला छन् । उनीहरुलाई वडाले साइकल, छाता वितरण गरेको छ । चौधरीले भने, ‘यसका साथै थप उर्जाका लागि हामीले उहाँहरुलाई प्रेसर, सुगर नाप्ने मेसिन र थर्ममिटर प्रदान गरेका छौँ । जेष्ठ नागरिक आमा बुबालाई निःशुल्क उपचार गरिरहँदा उहाँहरुलाई राम्रो हुन्छ भन्ने हेतुले त्यो कामकोे थालनि गरेका हौँ । हामीले अति विपन्न ६५ परिवारको गत वर्ष निःशुल्क स्वास्थ्य बिमा समेत गरेका छौँ ।’  
  
मुस्लिम समुदायलाई लक्षित गरी कबरस्थान संरक्षण गरेको समेत उनले बताए ।

उनले वडा ठूलो भएकाले सम्पूर्ण काम ५ वर्षमा गर्न नभ्याएका कारण फेरी पनि आफूलाई भोट दिएर जिताएमा अधुरा रहेका काम सम्पन्न गर्न प्रतिबद्धता जाहेर गरे । 

उनले भने, ‘बहुवर्षेका योजना पनि राम्रो भएको छ । १२, १३, १४ नं. वर्डा जोड्ने बाटो चौकी पछाडी कालोत्रेको सुरुवात गरेका छौ । केही बजेट कोभिड माहामारीका लागि समावेश गर्नुपर्ने भएकाले केही काम सम्पन्न गर्न नसकेको अवस्था छ । इटहरीको रनी गाउँ हुँदै मदन आश्रीत मावि हुँदै मूल नहरमा बन्ने बाटो तिब्र रुपमा रिंगरोडको अवधारणामा अहिले बनिरहेको अवस्था छ । हाम्रो बुझाइमा हामीले धेरै काम गरेको अवस्था छ ।’ 
 
छुटेका अधुरा कामहरु पूरा गर्न केही समय लाग्ने भएकाले सूर्य चिन्हमा मतदान गरेर आफू लगायत आफ्नो प्यानलका वडासदस्यहरुलाई जिताइदिन वडाबासी संग उनले अनुरोद गरेका छन् ।