इटहरी / नेकपा एमाले इटहरी वडा नं. २ ले प्रतिवद्धता मार्फत वडाकाे बिकासकाे लागी सक्षम र सवल रहेकाे बताएकाे छ । २०७४ सालमा सम्पन्न निर्वाचनबाट एमालेका उम्मेद्वारहरू निर्वाचित भएर गरेकाे कामबाट त्यसकाे पुष्टि भएकाे उल्लेख गरिएकाे छ ।प्रतिवद्धता पत्रमा ५ बर्षमा गरिएकाे कामकाे फेहरिस्त प्रस्तुत गरिएकाे छ । सकड कालाेपत्रे, तटबन्ध निर्माण लगायतका कुरालाइ प्रथमिकतामा साथ प्रस्तुत गरिएकाे छ । त्यसैगरी वडामा १७ किलाेमिटर कालेपत्रे (ब्लक सहित) र २३ किलाेमिटर प्राेटेक्सनवाल सहितकाे उच्च स्तरीय ग्राभेल सडककाे निर्माणकाे फेहरिस्त पनि प्रस्तुत गरिएकाे छ ।

त्यसैगरी अबकाे प्रतिवद्धतामा ३ बर्षभित्र हिलाेमुक्त वडा निर्माण गर्ने उल्लेख गरिएकाे छ । सकड कालाेपत्रे, तटबन्ध निर्माण र प्राेटेक्सनवाल सहितकाे उच्च स्तरीय ग्राभेल सडककाे निर्माण पनि नयाँ प्राथमिकतामा परेका छन् । विभिन्न तीन चाेकमा नि:शुल्क खुल्ला व्यायामशाला निर्माण गर्ने, जेष्ठ नागरिक विश्रामालय निमार्ण गर्ने, इ-लाइब्रेरी सहितकाे वडा स्तरीय अध्ययन केन्द्र स्थापना गर्ने, प्रत्यक बर्ष १०० विपन्न परिवारलाइ नि:शुल्क स्वास्थ्य विमा गरिदिने लगायतका लाेकप्रीय कार्यक्रम प्रतिवद्धतामा राखिएकाे छ ।

एमालेबाट वडा अध्यक्षमा माधव काेइरालले उम्मेद्वारी दिएका छन् । त्यसैगरी महिला वडा सदस्यमा भीमा कुमारी तुम्बाहाम्फे, दलित महिला वडा सदस्यमा चम्मा विश्वकर्मा र खुल्ला वडा सदस्यमा कृष्णकुमार राइ र दुर्गा खत्री (धमला) ले उम्मेद्वारी दिएमा छन् । विश्वकर्मा र खत्रीले यस अघि पनि एमालेबाट निर्वाचित भएर जनप्रतिनिधिकाे रूपमा काम गरेका थिए ।