स्थानीय तहमा जनप्रतिनिधि आएपछि देखिने के विकास भयो भन्ने आजको समयको साझा प्रश्न हो । नदेखिने, नदेखिएका धेरै विषय होलान् तर प्रष्ट देखिने रुपमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक विकासमा वराहक्षेत्रले उल्लेखीय काम गरेको छ ।
पाँच वर्षमा देखिने के काम गरे त जनप्रतिनिधिले ?
स्वास्थ्यः चक्रघट्टीमा नगर अस्पतालको निर्माण, चतरा अस्पतालको निर्माण व्यवस्थापन, प्रत्येक वडामा आधारभूत स्वास्थ्य एकाई, कोभिड संक्रमणमा क्वारेन्टाइन, होल्डिङ सेन्टर, आइसोलेसनदेखि जनताको घरदैलो अभियान शिक्षाः सप्तकोशी बहुमुखी क्याम्पसको व्यवस्थापन, वराह आदर्श क्याम्पसको व्यवस्थापन, जडेज मावि, आदर्श माविमा कृषि, इलेक्ट्रिकल इन्जिनियरिङ शिक्षाको प्रवद्र्धन
कृषिः प्रदेश १ मै पहिलो कृषि ल्याबको स्थापना, चिस्यान केन्द्र स्थापना, कृषक तथ्यांक व्यवस्थापन, कोभिड संक्रमणमा कृषि बजारको व्यवस्थापन, बिउविजन, उन्नत कृषिको प्रवद्र्धन, वैकल्पिक र साना सिचाइको प्रवद्र्धन, माछापालक किसानलाई अनुदान, हाइटेक निर्माण, पकेट क्षेत्र निर्माण भौतिक
निर्माणः१४ किमि कालोपत्रे सडक निर्माण ३ सय बढी कल्भर्ट निर्माण, २० किमि ड्रेन, ३ ट्रस्ट ब्रिज, तीन दर्जन बढी भवन निर्माण, कटान नियन्त्रणमा १३ सय मिटर क्रेटिङ, झण्डै १५ किमी नयाँ ट्र्याक खोल्ने काम, १० शौचालय, ५० बढी मन्दिर विद्यालय संघसंस्थाको भवन निर्माण, चक्रघट्टी वराहक्षेत्र लिंक रोड र राष्ट्रिय राजमार्ग जोड्ने लिंक रोडको डिपिआर, विद्युत विस्तार भूमिव्यवस्थापन: भूमिहीन दलित ८ सय ६८, भूमिहीन सुकुम्बासी २ हजार ८ सय ८१ र अन्यवस्थित बसोबासी ६ हजार ७ सय ७३ को तथ्यांक नेपाल सरकारलाई उपलब्ध गराई भूमि आयोगमार्फत् जग्गा प्राप्तिका लागि सिफारिस
सङ्क्षिप्तमा ।
– ऐन, कानुन, विनियम र कार्यविधि निर्माण
– कोभिड नियन्त्रण र राहत
– स्वास्थ्य चौकी, बर्थिङ, सेन्टर स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति
– आधारभूत स्वास्थ्य केन्द्र, खोप केन्द्र
– विपन्नलाई स्वास्थ्य बिमाको पहुँच
– विपद्जन्य घटनामा राहत
– कृषि आधुनिकीकरण, यान्त्रीकरणमा अनुदान
– निर्वाचन क्षेत्र केन्द्रित सडकहरु निर्माण
– प्रशासनिक भवन
– जनता आवास कार्यक्रम ५५१ घरधुरीसँग सम्झौता
– क्षमता अभिवृद्धि, रोजगारमूलक कार्यक्रम
– आन्तरिक आयमा बढोत्तरी – दूध, अण्डा, माछा, मासुमा आत्मनिर्भर
– कोशी नदीमा व्यावसायिक जेटबोट प्रवद्र्धन, पोर्टहरु निर्माण, धार्मिक पर्यटनमा बजेट विनियोजन
– महिला बालबालिका, अपांगताका क्षेत्रमा ओरेक नेपाल, करुणा फाउन्डेसनसँगको सहकार्यमा उल्लेखीय काम, सेफ हाउस निर्माण, माया घरसँगको समन्वयमा व्यवस्थापन


