संघीयतापछि बनेको संविधानले राज्यसंरचनाका अधिक अधिकार गाउँगाउँ सम्म पुर्यायो । त्यसपछिको पहिलो स्थानीय तहको निर्वाचनमा अधिकांश युवा आकांक्षी थिए । त्यहि भिडमा थिए धनकुटाको महालक्षमी नगरपालिका ३ का भरत थापा । तत्कालिन माओवादी केन्द्रबाट वडाअध्यक्षको उमेद्वार बनेका उनि गाउँमा लोकप्रिय थिए । पढाइमा सँधै अब्बल उनि साहित्यमासमेत रुचि राख्ने हुँदा राम्रो कविता लेख्नेमा दर्ज भएका थिए । गाउँको विकासमा सेवा गर्ने भावले कम्मर कसेका लागेका थापालाई जनताले नचुन्ने कुरै भएन ।

धेरैले मलाई सानो उमेर छ अर्कोपटकका लागि प्रयास गर्नु भने ।उनले भने, तर उमेर सानो ठुलो हुँदैन । मलाई भित्रैदेखि जनताको सेवा गर्न सक्छुभन्ने भाव थियो भने चुनाव जित्छु र जनताको सेवा गर्नसक्छु भन्ने दृढ विश्वास पनि थियो । 

पछि एमाले माओवादी एक हुँदा उनले एमाले नै रोजे । अहिले पुनः नेकपा एमालेबाट टिकट पाएका उनि दोस्रो कार्यकाल दोहोर्याउने दाउमा छन् । म पछिल्ला ५ वर्ष रातदिन नभनि जनताको सेवामा खटिएको छु । मलाई भोट नआउला भन्ने त कुरै छैन । उनले भने । 

कृषि पेशामा आधार नागरिकको बाहुल्य भएको हुँदा वडामा कृषि आधुनिकरणलाई उनले जोड दिए । त्यस्तै सबै घरघरमा कृषि सडकको पहुँचलाई विस्तार गर्न पहल गरे मलामी खाजा घर, सुत्केरीलाई पोषण भत्ता उनको प्राथमिकतामा रह्यो ।

त्यस्तै हाल उनले युवालाई प्राविधिक रोजगारीका लागि अघि बढाउन डाडागाउँको नवीन शिक्षा सदन माविमा प्राविधिक धारको विषय ल्याउन जोडदार माग गर्नेबताए काछन् । साथै उनले वडामै बैँकको शाखा विस्तारदेखि सडकको स्तरोन्नती र शिक्षाको गुणस्तर बृद्धि गर्ने उनको लक्ष्य रहेको छ