आचारसहिताको धज्जी उडाउदै भोट माग्दै उप-मेयर भण्डारी

alt

विराटनगर । मोरङको उर्लबारी नगरपालिकाकी उप-मेयर लक्ष्मीदेवी भण्डारीले निर्वाचन आचारसहिताको धज्जी उडाउदै नेकपा एमालेको चुनावी सभामा सामेल भएकी छिन् ।

नेकपा एमाले उर्लाबारीले आसन्न् बैशाख-३० को स्थानियतहको निर्वाचनलाई लक्षित गरी यतिवेला वडावडामा कोणसभा र घरदैलो कार्यलाई तिव्र पारेको छ 

एमालेले उर्लाबारीको मेयरमा गंगा खरेल र उप-मेयरमा मिनादेवी पौडेललाई उम्मेदवार बनाएको छ । सोही उम्मेदवारहरुलाई टोलटोलमा भोटमाग्दै बर्तमान उपमेयर लक्ष्मीदेवी भण्डारी पनि सामेल हुने गरेको पाइएको छ ।

278593380_1176988256173488_3340856660153929555_n


स्थानियतह निर्वाचन आचारसहिता २०७८ ले बहालवाला स्थानियतहका जनप्रतिनिधि र कर्मचारीले कुनै पनि उम्मेदवारलाई प्रतक्ष्य प्रभाव पार्ने गरी चुनावी अभियानमा सामेल हुन नपाउने व्यावस्था गरेको भएतापनि भण्डारीले सो आचारसहिताको धज्जी उडाउदै एमालेबाट उम्मेदवार बनेकाहरुको भोट माग्दै सार्वजनिक स्थलमा भाषण गरेको पाइएको छ ।

स्थानियतह निर्वाचन आचासहिता २०७८ को परिच्छेद ३ को दफा ५ को “क” मा भनिएको छ-“कुनै राजनैतिक दल वा उम्मेदवारको पक्ष वा पिपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार-प्रसार गर्न नहुने, तर निर्वाचनमा आफै उम्मेदवार भएका त्यस्ता मन्त्री वा स्थानिय कार्यपालिका पदाधिकारीले आफु उम्मेदवार भएको निर्वाचन क्षेत्रमा प्रचार-प्रसार गर्न यस खण्डले बाधा पुर्‍याएको मानिने छैन ।”

279541051_390177422802768_5328632055237147144_n


आचारसहितामा यो नियम भएतापनि उप-मेयर भण्डारीले नियमको व्यवस्था गर्दै पालिकाका विभिन्न वडामा नेकपा एमालेले उठाएका उम्मेदवारहरुको चुनावी प्रचार-प्रसारमा लागेको पाइएको छ ।

स्थानियतह निर्वाचन आयोग उर्लाबारीका सहायक निर्वाचन अधिकृत मुरारीप्रसाद घिमिरेका अनुसार-“सार्वजानिक पदधारण गरेका व्याक्तिले कुनै पनि राजनैतिक पार्टीको प्रचारप्रसारमा समलग्न हुन नपाउने भनि व्याख्या गरेका भएतापनि व्यवहारमा भने पुणर् लागु नभएको बताए ।”

279899284_1072885963438824_8959364587453951085_n


जसका कारण नितिनियमको पालना गराउनेहरुनै सो कुराको उल्लघन गर्दै आफुनिकट राजनैतिक पार्टीका उम्मेदवारलाई जिताउन कम्मर कसेर लाग्नुले कुर्सी प्राप्तीका लागि जस्तो सुकै नियम तोड्न पनि पछि पर्दैनन् भन्ने कुरा जाहेर गरेको छ ।

    क्षतिग्रस्त संरचना निरीक्षण क्षतिग्रस्त संरचना निरीक्षण

    इटहरी ।  आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी तथा त ...

    ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज

    पाँचथर। पाँचथरको फिदिम बजार क्षेत्रमा करिब एक घण्टाभित्र ४१ वटा जनावर र एक ...

    सुनसरीमा निषेधज्ञा हट्यो, जनजीवन सामान्य बन्दै सुनसरीमा निषेधज्ञा हट्यो, जनजीवन सामान्य बन्दै

    इटहरी।  जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जारी रहेको निषेध आदे ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]