इटहरी : यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरू अहिले घरदैलो अभियानमा छन् ।
यसैबीच बैशाख २४ गते इटहरीमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आउने भएका छन् ।एमाले इटहरीको चुनावी सभालाई सम्बोधन गर्न उनी बैशाख २४ गते बिहान साढे १० बजे इटहरी आउने कार्यक्रम रहेको बताइएको छ ।
सभामा अध्यक्ष ओलीसँगै एमालेका केन्द्र, प्रदेश र जिल्ला स्तरका नेताहरूको उपस्थिति रहने जनाइएको छ ।


