काठमाडौं | नजिकिदै गरेको स्थानीय तह निर्वाचनमा देशभरबाट उम्मेदवारी दिएकामध्ये तीन सय ५३ जना निर्विरोध निर्वाचित भएका छन्।  निर्वाचन आयोगले दिएको जानकारी अनुसार निर्विरोध निर्वाचित हुनेमा नेकपा एमाले अगाडि रहेको छ।

पहिलो स्थानमा रहेको एमालेका  एक सय  २३ उम्मेदवार र्निविरोध निर्वाचित भएका छन्। त्यस्तै  दोस्रोमा कांग्रेसका  एक सय एक,  तेस्रोमा माओवादी केन्द्रको ५४ र चौंथो स्थानमा नेकपा एकिकृत समाजवादीको ३४ उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।