इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १० मा एमाले तर्फबाट वडाध्यक्ष पदमा अवदेश चौधरीले उम्मेदवारी दिएका छन् । उनी १० वर्षअघि देखि निरन्तर पार्टीमा आवद्ध छन् । उनले वैदृशिक रोजगारका लागि कोरिया गएका बेला एमालेको भातृ संगठन आप्रवासी संगठनमा आवद्ध भएर एक कार्यकाल सदस्य र एक कार्यकाल उपाध्यक्ष भएर काम गरे । नेपाल आएपछि पनि निरन्तर ४ वर्ष देखि पार्टिमा सक्रिय छन् । उनी हाल एमाले १० नं. वडा कमिटिका वडाध्यक्ष समेत हुन् । 

उनले यस अघिका वडाध्यक्षले वडामा राम्रो काम गरेको बताउँदै उनको अधुरो कामलाई निरन्तरता दिने बताए । उनले वडामा रहेका सामुदयिक विद्यालयको शैक्षिक स्तरोन्नति गर्नेमा आफू लागि पर्ने बताए । 

यस्तै उनले वडामा धेरै स्थानियले स्वास्थ्य बिमा नगरेको बताउँदै स्वास्थ्य बिमालाई प्राथमिक्तामा राखेर बिमा गराउने बताए । उनले भने, ‘वडामा स्वास्थ्य चौकी निर्माण सम्पन्न भएर काम सुरु गरिएको छ । अबको ५ वर्ष भित्र एउटा एमबुलेन्सको व्यवस्था गर्नेछु ।’ 

यस्तै बाढिको समस्या रहेकाले केन्द्रिय, प्रदेश र नगरपाकिाको पहलमा बुढिगंगामा तटबन्धको काम गर्ने उनले बताए । 

यसका साथै वडा नं. १० का धेरै युवा लागुपदार्थ दुव्र्येसनीमा फसेको अवगत गराउँदै त्यसको रोकथामका लागि अभियान चलाउनेमा आफू अग्रसर रहने बताए ।  

उनले स्थानियलाई आफूलाई मतदान गरेर जिताइदिन आग्रह गरेका छन् ।