इटहरी । स्थानिय निर्वाचनको मिती नजिकिदै गर्दा सुनसरीको इटहरीमा चुनावी माहोल तातिदै गएको छ । 

बिभिन्न राजनीतिक दलहरुले आ आफ्नो एजेण्डाहरु बोकेर घरदैलो अभियानलाइ तिब्रता दिदै आएका छन । यसैबिच नेकपा एमालेले पनि स्थानिय निर्वाचनमा जित हाशिल गर्न यतिबेला चुनावि एजेण्डा सहित जनताको घरदैलो अभियानलाइ तिब्रता दिदै आएको छ । 

इटहरीको वातावरणिय अवस्था , भौगलिक समस्या , पूर्वाधार बिकाशका समस्या लगायतका विषयलाई एजेण्डा बनाएर नेकपा एमालेबाट इटहरीमा मेयरकालागि यामकुमार सुब्बा उपमेयरमा संगिता चौधरी लगायत २० वटै वडाका वडाध्यक्ष देखि सदस्यहरु सम्म घरदैलो अभियानमा ब्यस्त देखिएका छन । 

 नगरवासिको आयआर्जनमा सहज वनाउने र घर दैलो अभियानको क्रममा  जहाँ समस्या त्यहाँ समधान   लगायतका एजेण्डा सहित आफना सहयोगी सहित  घरदैलो अभियानमा रहेका छन । घरदैलो अभियानको क्रममा देखिएका समस्याहरुलाइ टिर्पोट गरि सुरुमा अध्यन गरिने र निर्वाचन पश्चात सोहि विषयमा समस्या सामधान गर्ने गरि योजना बनाएर काम गर्ने प्रतिवद्धता सहित अभियान जारि राखेका हुन । 279770500_548045470212540_6062431795269901539_n

 स्थानीय तहको निर्वाचनका लागि उमेदवारी दिएका नेकपा एमालेका   उमेदवारहरु पनि निर्वाचनको मिति नजिकीएसंगै मतदाताको घरदैलोमा आफना प्रतिवद्धता सहित मत माग्न पुगिरहेका छन ।

  इटहरी उपमहानगरपालिकाको प्रमुख पदका लागि  उमेदवारी दिएका याम सुब्बा आफना चुनावी एजेण्डा सहित मतदाताका घरदैलोमा व्यस्त रहेका हुन ।279558306_2662673853876488_7550139498412886530_n

  इटहरीको समग्र बिकाश र समृद नागरिक लगायतका विषयलाई मुख्य चुनावी एजेण्डा वनाएर  शिक्षा, स्वास्थ्य ,कृषि  तथा अन्य विकास कार्यमा योजना सहितको जनसहभागिता गराई नगरमा  रहेका समस्याहरु समाधान गर्दै विकास निर्माण गर्ने बाचा गर्दै एमाले प्रमुख पदका उमेदवार सुब्बा मतदाताको घरदैलोमा पुगिरहेका छन ।

उक्त अभियानमा नेकपा एमालेका प्रदेश एक सांसद लिलम बस्नेत , निर्वाचन प्रचार प्रसार समितीका सह संयोजक हिमाल सुवेदी पनि आफनो पक्षका उम्मेद्वारलाइ जिताउन जनताको घरदैलोमा भोट माग्न ब्यस्त देखिएका छन । 

 नगरवासी युवा ,खेलाडीहरुका लागि खेलकुद विकासका लागि प्रोत्साहन गर्ने , क्रिकेट मैदान बनाउने , युवा तथा महिलालाई सिप मुलक तालिम प्रदान गरी आत्मनिर्भरताका लागि आयआर्जनका कार्यक्रमहरु ल्याइने उमेद्वार सुब्बाको प्रतिवद्धता छ ।